• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्मचारी नफर्कदा अस्पतालको सेवा प्रभावित

कर्मचारी नफर्कदा अस्पतालको सेवा प्रभावित

हाजिर नभएको दिनको तलव कट्टा गर्न निर्देशन


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक ८ २०७४

  •  

    चिसाङ शेर्पा कार्तिक÷८ खोटाङ,

    बिदामा बसेका कर्मचारी काममा नफर्कँदा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरु काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंग सेवा लगायतका सेवा प्रभावित भएको हो ।

     

    मंगलबार रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल नेतृत्वको टोलीले गरेको अनुगमनकाक्रममा कतिपय कर्मचारी कार्यालयलाई जानकारी नै नगराई बसिरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार बिदामा बसेका ल्याब इन्चार्ज उज्वल तिवारी असोज ७ गते देखि कार्यालयमा हाजिर भएका छैनन् । यस्तै, बहिरंग विभागका हेल्थ असिस्टेण्ट सनम सिवाकोटी बिदा लिएको महिना दिन वित्दा समेत कार्यालयमा हाजिर नभएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नबिन देबकोटाले बताए ।

     

    सिवाकोटीले असोज १ गतेदेखि २४ गतेसम्मको विदा माग गरेको निबेदनमा उल्लेख छ तर, उनको निबेदनलाई कार्यालय प्रमुखले स्वीकृत गरेको देखिन्न । अन्तरंग सेवामा कार्यरत स्टाफनर्स सिता शाह बिदा सकिएको तिन दिन बित्दा सम्म कार्यालयमा नआएको पाइएको छ । स्वीपर समेत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।

     

    कतिपय कर्मचारी बिदा स्वीकृत नभए पनि कार्यालयमा हाजिर नहुने गरेको पाइएको मेयर रिजालले बताए । कर्मचारी बिदा सकिएको लामो समयसम्म उपस्थित नहुँदा अस्पतालको काम प्रभावित भएको पाइएको छ । रिजालले भने, ‘मैले हाजिर नभएको दिनको तलव कट्टा गर्नका लागि कार्यालय प्रमुखलाई निर्देशन दिएको छु ।’  मेयर रिजाल नेतृत्वको टोलीले स्थायी तथा करार कर्मचारीको हाजिर पुस्तिका समेत निरिक्षण गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology