• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा नयाँ शक्तीका दुई उम्मेद्वारको मनोनयन फिर्ता

खोटाङमा नयाँ शक्तीका दुई उम्मेद्वारको मनोनयन फिर्ता

राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन्


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक ८ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷८ खोटाङ,

    खोटाङमा नयाँ शक्ती नेपालका दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएको छ । प्रतिनिधिसभा सदस्यमा उठेका कृषिविज्ञ मदन राईलाई जिताउनका लागि अन्य दलसँग छलफल चलिरहँदा प्रदेशसभामा उठेका दुई उम्मेद्वारले मनोनयन फिर्ता गरेका हुन् ।

     

    तालमेल गर्दै संघमा राईको सुनिश्चितताका लागि क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उठेका मनी राईलाई ‘व्याक’ गरिएको नयाँ शक्तीका नेता सुर्यबहादुर राईले बताउनुभयो ।

     

    यस्तै, निर्धारित समयमा नपुग्दा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमती अनुशार मनोनयन फिर्ताका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन् ।

     

    पोखरेल झण्डै ४ बजेमात्र पुगेकाले मनोनयन फिर्ता नभएको सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताउनुभयो । समयमा नपुग्दा अर्का एक उम्मेद्वार समेत मनोनयन फिर्ता गर्नबाट बञ्चित बनेको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology