चिसाङ शेर्पा कात्र्तिक÷७ खोटाङ,
खोटाङका गायक हर्क गदालको २ वटा नयाँ गीतको रेर्कडिङ सम्पन्न भएको छ । छुट्टा–छुट्टै दुई विधामा आधारित गीत गत असोज २६ गते रेर्कडिङ भएको हो । वाटा हिड्यो र धेरै दुःख पाईयो वोलको गीत रेर्कडिङ सकिएको हो । विशेष डिजिटल अनामनगर काठमाण्डौमा रेर्कड भएको, वाटा हिड्यो लोकपप गीत हो भने, धेरै दुःख पाईयो जन–जागरण गीत हो ।
गीतमा शब्द, लय, स्वर गायक गदालको रहेको छ । संगीत संयोजन रत्न नन्दले गरेका छन् । गीतलाई महिना दिनमा वजारमा ल्याउने तयारी भईरहेको छ । खोटाङको पर्यटन, विकास र छुवाछुत जस्ता अमानविय कार्यहरुलाई गीतको माध्यमवाट प्रस्फुटन गर्न माहिर गदालले धोका पाको छु, यो मन रोईरहने, पसिनाले वसे रुझेर र माया प्रिती लाउनुजस्ता लोक दोहोरी गीतहरु वजारमा ल्याईसकेका छन् ।
‘पसिनाले वसे रुझेर’ वोलको गीतले खोटाङ सहित राष्ट्रिय मिडियाहरुमा राम्रो स्थान पाएको थियो । उक्त गीतले वैदेशिक रोजगारीमा जांदा सवै कुरा वुझेर गए मात्रै दुख नपाउनेजस्ता शन्देश वोकेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology