चिसाङ शेर्पा कार्तिक÷५ खोटाङ,
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि खोटाङमा दश दलले उम्मेदवारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङमा मनोनयन दर्ता गराउँने पार्टीहरुमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टीबाट र मङ्गोल नेश्नल अर्गनाइजेशन रहेको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस किशोर घिमिरेका अनुसार एमालेबाट प्रतिनिधिसभाका लागि विशाल भट्टराईको उम्मेद्वारी परेको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट राजन राई र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका रामकुमार राई (पासाङ)को उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभाका लागि सरस्वति बजिमय र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सुवाशकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट बिष्णुकुमार राईले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नविन राई र क्षेत्र २ बाट टंक थापाले उम्मेदवारी दिनुभएको छ । नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभाका लागि मदन राई तथा प्रदेशसभामा क्षेत्र नम्बर १ बाट मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट मणि राईको उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि विश्वास राई, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धर्मराज पोखरेल र राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राईले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कटुवाल र क्षेत्र नम्बर २ बाट कुलप्रसाद शर्मा फुयाँलले उम्मेद्वारी दर्ता गराउनुभएको छ । मालेबाट प्रतिनिधिसभाका लागि उम्मेद्वारी परेको छैन ।
मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बीरलाल राईले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । जिल्लामा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उम्मेद्वारमा एमाले र माओबादी केन्द्रले प्रदेश सभामा राजन राई र रामकुमार राई रहेका छन् भने प्रतिनिधी सभाका लागि बिशाल भट्टराईलाई उम्मेद्वारी बनाई एक र दुई सिट बाँडफाट गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology