मेरो देशमा मन्दिरहरुको उचाइ निकै माथी छ । अग्ला र राम्रा बस्तुहरु हाम्रा स्वामित्वमा हुँदैनन भन्ने मैले केटाकेटी हुँदा देखि नै बुझेको थिँए । नहुँदो त, दुइ तले मन्दिरलाइ मानिसको मन भन्दा अग्ला र बृहत मानेर दलितहरुको आस्था र मनलाइ मन्दिर बाहिरै सायदै राखिन्थ्यो होला । ती अग्ला मन्दिरहरुमा म आँफै अग्लो भएर कहिल्यै पुजा गर्न पाइन । मन्दिरहरु अरु नै कसैको अधिनमा थिए । तर सगरमाथाको शिखरमा पुगेपछि मलाई लाग्यो, खास उचाइहरु त कसैको अधिनमा नहुँदा रहेछन ।
शिखरमा हुँदा, मेलै शिखरका भुँइहरु छुइरहे, किनकी मलाई तल जमिनका थुप्रै ठाँउहरु छुन नपाएका गहिरा प्यासहरु मेट्नु थियो । म माथिको आकाशमा मैले बेप्रवाह मेरा दुबै हातहरु हल्लाइरहे । शालिनता पुर्बक लच्किरहेका मेरा हातहरुलाइ कसैले रोकेन । सगरमाथाको टूप्पोमा रँहदा मलाई सबै खालका उत्पीढनबाट मुक्त भएजस्तो भान भइरहेको थियो । मलाइ थाहा थियो शिखरमा अनुभव गरेको निरपेक्ष मुक्ति तल झरेपछि सापेक्षिक हुनेछ । किनकी तल फर्केपछि म मेरो समुदायलाई उत्पिडनबाट मुक्ति दिलाउन अझै मैले विद्रोहका थुप्रै कठिन पहाडहरु चढ्नुपर्नेछ ।
जब म फर्किदा तल झर्न लागे,अचानक एउटा प्रश्नले मलाई नराम्ररी धक्का दिइरह्येा । मेरा देशका मन्दिरहरुको गजुरलाई कहिले देखि यसरी नै सुम्सुम्याउन सक्छुहोला ? जसरी सगरमाथाको शिरलाइ सुम्सुमाएको थिए ? झण्डै १५० किलोमिटर प्रति घण्टाको वेगमा बहेको हावाको झोक्कालाई समेत फिक्का बनाउने गरी मलाइ उक्त प्रश्नले हल्लाइरह्यो । माथि चढ्दा गहीरा गहीरा गल्छीहरुमा हामी भर्याङ हालेर पार गर्दथ्यौँ । भर्याङ सँगै हामी रसीहरुको पनि प्रयोग गर्दथ्यौँ । माथी उक्लिँदै गर्दा रसीका गाँठोहरु फुक्दै जाँदा मलाइ यस्तो पनि लागेको थियो, यता रसिका गाँठोहरु फुत्किदै जाँदा उता पशुपतिको भट्टहरुको जनैकेा गाँठोमपेा पर्ने हेा कि …. खैर मैलै कलाइम्विङ रोपका गाँठाहरु फुकाइरहँदा, गाँठाहरु अरु कतै अन्त ठाँउमा पनि पर्लान । तर मैलै फुकाएरै छाँडे जुन मेरो पुर्खाहरुको लागी सयौँ बर्ष देखि जटिल बनेर बसेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology