• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्तव्यले कठोर वनाए पनि ‘दिदीवहिनी’को यादले असाध्यै पिरोल्छ, डिएसपी थापा

कर्तव्यले कठोर वनाए पनि ‘दिदीवहिनी’को यादले असाध्यै पिरोल्छ, डिएसपी थापा

तिल, आलुको अचार र सेलरोटी तिहारको मनपर्ने परिकार


चिसाङ शेर्पा
  • शनिबार, कार्तिक ४ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷४ खोटाङ,

    ‘२०५५ सालदेखी सरकारी जागिरे भई नेपाल प्रहरीमा काम गर्दा ताका १८ वर्ष वितेछ, चेलीहरुसंग दुईपटक मात्रै भाईटिका मनाएको छु, १६ वर्षदेखी तिहार मनाउँन पाईएको छैन ।’ खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले भावुक मुद्रामा कुरा गर्दै मौलिकता झल्काउने पुराना तिहारका कुराहरु सम्झिए ।

     

    झापा काकाडीभित्ता मेचि नगरपालिका ५ का स्थायी वासिन्दा तथा हाल वनेपा धुलिखेलमा वसोवास गर्दै आएका खोटाङका डिएसपी थापाले आफ्नो एकजना गिता थापा चेली रहेको र उनी पनि काठमाण्डौमा रहेकाले प्राय ः भाईटिका मनाउँन नपाएको बताए ।

     

    थापाले, वाल्यकालमा गाउँघरमा पुराना साथीहरुसंग तिहार मनाएको क्षण सम्झना लायक रहेको बताउँदै तिहारको रमाईलो पक्ष देउसी खेलेको अझै दिमागमा रहेको सुुनाए । ‘०४५ सालमा देउसी खेल्दा १ हजार देउसीको दान जम्मा गरेका थियौ, त्यो सवैले दामासायी वाडेका हौ, त्यो वेलाको पैसा एकदमै ठूलो जस्तो लाग्थ्यो ।’

     

    मलाई रामायाणका कथाहरु, महाभारतका केही कथाहरु आउने गर्दथ्यो, त्यसैलाई मिलाएर देउसीका लागि भट्याईदिन्थे साथीहरु देउसी–देउसी भनेर साथ दिन्थे । भट्याउदा–भट्याउदा दुई तिन रुपैयाँ देउसीका लागि दान दिने चलन थियो त्यति नि कती धेरै लाग्ने गर्दथ्यो । अलिक खुलेर थापाले आफ्ना तिहारका विगतहरु सुनाए ।

     

    तिहारमा परिवारसंग आपसी सद्भाव, माया, प्रेम र स्नेहका साथमा तिहार मनाउँन नपाउँदा जस्तै पोष्टमा रहे पनि मन कटक्कै खाने गरेको डिएसपी थापाले बताए । उनी भन्छन् ‘कर्तव्यले जती कठोर वनाए पनि परिवार, दिदीवहिनीको यादले सारै पिरोल्ने गर्छ, सताउँने गर्छ । अरु वेला जे जस्तो भए नि तिहारमा परिवारलाई असाध्यै सम्झन्छु ।’

     

    तिल, आलुको अचार र सेलरोटी तिहारका मेरो मनपर्ने परिकार हो उनले भने । परिवारसंग तिहार मनाउँन नपाए पनि सहकर्मी साथीहरुसँग तिहार मनाउँन लागेका उहाँ भन्नुहुन्छ, ‘यहाँ दिदि वहिनी त छैन, तै पनि साथी भाईहरुसंग सामान्य तिहार मनाउँछु । अन्यको सरहमा मेरो तिहार सामान्य हुन्छ ।’

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology