चिसाङ शेर्पा कार्तिक÷३ खोटाङ,
‘तिहार कहिले आउँछ, दशै सकिएपछि औलामा गणना गर्न शुरु गरिन्थ्यो । लक्ष्मीपुजाको भोलिपल्ट साँझमा देउसी खेल्नलाई सबै मिलेर राँको (वाँसको साना कप्टेरो) लगभग दिनभरी बनाउँने गरिन्थ्यो अनि, राती वालेर गाउँभरी डुल्ने चलन थियो ।’ नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले तिहार अनुभव सुनाए ।
हलेसी तुवाचुङ नगरपालिका च्यस्मिटारका पत्रकार राईले वाल्यकालमा साँझदेखी विहानसम्म देउसी खेलेको विगत बताउनुभयो । त्यो वेला अहिलेको जस्तो टर्चलाईट हुंदैन थियो । राँको, अगुल्ठो हल्लाएर देउसी खेल्नु पथ्र्यो ।’
देउसीको माध्यमवाट संकलित रकमले धेरै सामाजिक कार्य गरिएको अध्यक्ष राईले बताए । अहिले गाउँगाउँमा विधुत विस्तार भएको छ । पहिलेको तुलनामा लक्ष्मीपुजा तथा भैलो, देउसी खेल्न अहिले धेरै सहज छ ।
च्यास्मिटारमा कान्छी वहिनी जमुना राईको हातवाट भाईटिका लगाउँने निर्णयमा पुगेका राईले, चेलीमाईती विचको अर्थ भावनात्मक तथा भौतिकरुपमा तिहारमा छर्लङ्ग हुने बताए ।
उज्यालोका पर्व तिहारमा टाढा–टाढा देखी मानिसहरुको जमघट हुने भएकोले गाउँघर धेरै रमाईलो लाग्ने राईको भनाई छ । सेलरोटी, वंगुरको फ्राई मासु तिहारको अत्याधिक मन पर्ने परिकार भएको बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology