चिसाङ शेर्पा कार्तिक २ खोटाङ,
आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा म्यादी प्रहरीका लागि माग भन्दा दोव्बर बढि आवेदन परेको छ ।
९ सय ८२ म्यादी प्रहरीका लागि आवेदन आव्हान गरिएकामा २ हजार २१ जनाको आवेदन परेको डिएसपी लोकदर्शन थापाले बताए । मंसिर १० गते र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले असोज २५ गतदेखि ३० गतेसम्म म्यादी प्रहरीका लागि आवेदन आव्हान गरेको थियो । प्राप्त आवेदनका आधारमा कार्तिक ५ गतेदेखि म्यादी प्रहरी छनौटका काम सुरु गरिने डिएसपी थापाले बताए ।
१८ वर्ष पूरा भई ५० वर्ष ननाघेको, सामान्य लेखपढ भएको, कुनै राजनीतिक दलसँग आवद्ध नभएको, शारीरिक तथा मानसिकरुपमा स्वस्थ र फौजदारी अभियोगमा कसुरदार नठहरिएका नागरिकमध्येबाट म्यादीका लागि आवेदन आव्हान गरिएको थियो । बिद्यार्थीदेखि भूतपुर्व सेना तथा प्रहरीसम्मले म्यादीका लागि आवेदन दिएका छन् ।
परिक्षामा उत्तिर्ण म्यादी प्रहरीले १५ दिने सुरक्षा व्यवहार सम्बन्धी तालिम लिएपछि नेपाल प्रहरीको जवान सरह तलव, पोशाक र राशन उपलब्ध पाउने गरी कार्यक्षेत्रमा खटिनुपर्ने कार्यालयले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology