• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देउसी खेल्दा ‘पैतालिस रुपैयाँ’ पाएको थिए, सिडियो – एकदेव अधिकारी

देउसी खेल्दा ‘पैतालिस रुपैयाँ’ पाएको थिए, सिडियो – एकदेव अधिकारी

तिहारका रमाईलो क्षणहरुको स्मरण


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक २ २०७४

  • चिसाङ शेर्पा कार्तिक÷२ खोटाङ,

    ‘आफ्नो चार जना चेली मध्ये दिदि शान्ता भट्टराईसंग भाईटिका लगाउन नपाएको दश वर्ष वित्यो, भाईटिकाका दिन दिदिभाईको फोनमा कुरा भए पनि दुवैजना भक्कानिएर वोल्नै नसकिने हुन्छौ । भेट नभए नि फोनवाट कुरा गर्न दुवैजना ईच्छुक भईन्छ तर, भावुक भएर वोल्नै सकिन्न ।’ खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले फोनवाट दिदिसँगको तिहार पिडा सुनाए ।

    धनकुटाको साविक गाविस चानुवाका स्थाई वासिन्दा अधिकारीले २०५५ सालदेखी निजामती कर्मचारीको जागिर खाएकोे विस वर्ष पुग्दासम्म अधिकांश तिहार आफ्नै कार्यालयको क्वाटरमा मनाएको याद गरे । विस वर्षको अन्तरालमा परिवारको साथमा तिहार मनाएको याद छैन दुखित मुद्रामा समायोजन खवरलाई मनका कुरा पोखे ।

    “टर्चलाईट भाडामा मागेर विस रुपैयाँको एभरेडी व्याट्री किनेर साँझदेखी विहान मिरमिरे हुंदासम्म देउसी भट्ट्याउँदा स्वर वसेकोे र घरैपिच्छे सेलरोटी खाएको रमाईलो क्षण स्मरण गर्दै उनले भने, त्यो वेला भट्ट्याएको पाँच रुपैयाँ थपेर ४५ रुपैयाँ पाएको थिए ।”

    ‘गतवर्ष काठमाण्डौमा भाईटिका वहिनीहरु कल्पना भट्टराई र ईन्दु पोखरेलका लगाएको थिए ।’ यसवर्ष पनि तिनै दुई वहिनीका हातवाट भाईटिका खोटाङको दिक्तेलमा जिल्ला प्रशासन कार्यालयको क्वाटरमा भाईटिका लगाउने योजना वनाएका खोटाङका सिडियोले, भावुक हुंदै घर, परिवार तेस्रोवर्ग झै भएको बताए ।

     

    तिहारमा बारीभरी फुलेका मखमली, सयपत्री फुल, अर्गानिक खाध्यन्न, सेलरोटी, देउसे–भैलो, पुराना साथीसङगी सँगको भेटघाघ संम्झदा मनमा हुटहुटी चल्छ, अहिल्यै गाउँ जान मन हुन्छ । तर, कर्मले गाउँघर टाढा–टाढा वनाईदिएको छ ।

     

    ‘२०४५ सालतिर धनकुटा चानुवामा आठ÷नौ कक्षा स्कुल पढ्दा गाउँमा हाते टर्चलाईट भाडामा मागेर विस रुपैयाँको एभरेडी व्याट्री किनेर साँझदेखी विहान मिरमिरे हुंदासम्म देउसी भट्ट्याउँदा स्वर वसेकोे र घरैपिच्छे सेलरोटी खाएको रमाईलो क्षण स्मरण गर्दै उनले भने, त्यो वेला भट्ट्याएको पाँच रुपैयाँ थपेर ४५ रुपैयाँ पाएको थिए ।’

     

    ‘देउसी खेल्नेको ठ्याक्कै संख्या थाहा नभए पनि देउसी दान चांहि दुई सय पचास रुपैयाँ जम्मा भएको थियो । साथीले, पाँच रुपैयाँ लुकाएको रहेछ पछि थाहा भो, उनले थपे, त्यो वेला एक रुपौयाँदेखी पाँच रुपैयाँ देउसीको दान दिने गर्दथ्यो ।’

     

    ‘देउसी खेली पाएको त्यतिवेलाको ४५ रुपैयाँ अहिलेको पाँच सय जतिकै मान्यता थियो, महिना दिनसम्म देउसी खेलेर उठेको पैसाले चकलेट किनेर खाने गथ्र्यौ । तिहारमा सेलरोटी धेरै वन्थ्यो, धेरै खाने गर्दथे मेरोे तिहारका परिकार मध्येमा सेलरोटी मनपर्ने परिकार हो ।’

     

    ‘त्यतिवेलाका देउसी भैलो मौलिक शैलीका हुन्थे, गाउँका पाकाहरुले लयमा भट्टयाउने, हामी गोलो घेरामा माया प्रेम, स्नेह र सदभाव स्परुप देउसी–देउसी…भनेर गुञ्जयमान गथ्र्यौ । तर ! अहिले तडकभडक तथा आर्थिक संकलनका रुपमा देउसी खेलिने गरेको उहाँको भनाई छ । पहिले र अहिलेको तिहारमा धेरै भिन्नता रहेको छ । पहिला तिहार सदभावका लागि मनाईने गरिन्थ्यो, अहिले देखावटी मौलिकता नभई रेडिमेट र कस्मेटिक तिहार भईसकेकोे उहाँको भनाई छ । अहिलेको तिहारमा मौलिकता लोप हुंदै गएको छ ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology