चिसाङ शेर्पा कार्तिक÷१ खोटाङ,
जातिय विभेद अन्त्यका लागि खोटाङमा साझा वहस गरिएको छ । जिल्लामा ठुलो भूमिकामा रहेका मानिसहरुबाटै दलितहरुलाई विभिन्न हिसावले विभेद गरिएको भन्दै साझा वहस गरिएको हो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजना तथा युएनडिपि रोल्हर दलित गैर सरहकारी संस्था महासंघको आर्थिक सहयोगमा होटल शुभदिनमा आयोजना भएको कार्यक्रमको संवाद तथा सरोकारवालाहरुसंग प्रतिवद्धता सामुदायिक रेडियो हलेसी एफएममार्फत गरिएको छ ।
जिल्लाका राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, सरोकार निकाय बाट नै दलितहरुलाई बिभेद गरिएको संवादमा सहभागीहरुले गुनासो गरेका छन् । दलितहरुलाई अपहेलना, जातिय भेदभाव तथा छुवाछुत गर्न नपाईने कानुनमा उल्लेख भएपनि व्यापक उल्घन भएको ठहर गरिएकोे छ । वहसमा सहभागीहरुले राजनीतिक दलका नेताहरुलेनै आफुहरुलाई दलित भन्दै हेला गरेको गुनासो भएको छ ।
स्थानीय तहको निर्वाचनमा एक जना अनिवार्य दलित हुनैपर्ने व्यवस्था भएको भएपनि कतिपय राजनीतिक दलले त्यो लागु नगरेको समेत उल्लेख गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक ववि चाम्लिङले कोहि कसैले आगामी दिनमा जातिय विभेद गरे कानुनी निकायमा उजुरी गर्न अनुरोध गरेका छन् । उनले उजुरी आएको खण्डमा कानुनले तोके बमोजिम कारवाही समेत गरिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले शहरमा भन्दा पनि गाँउघरमा बढी विभेदका घटना हुने गरेको र त्यसको अन्त्यको लागि सरकारी कार्यालयहरुलाई विभिन्न हिसावले लाग्न पहल गर्ने बताएका छन् ।
साझा वहसमा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकार निकाय, दलित सम्बन्धीका क्षेत्रमा काम गरेका संघसस्थासंगै सयौं सहभागीको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागीहरुले अवका दिनमा जिल्लालाई छुवाछुतमुक्त बनाउँनका लागि आ–आफ्नो क्षेत्रबाट लागी पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology