• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन चल्तिमा छ ?

कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन चल्तिमा छ ?


समायोजन खबर
  • बुधबार, कार्तिक १ २०७४

  • मिनदोर्जे तामाङ

    कुनै जमानामा सुपर हिट कथन रसियन वाइन, जापानिज वाइफ, अमेरिकन लाईफ आजु भोली कतिको चलन चल्तिमा छ ? नेपाल हुँदा हाम्रो गाउँ तिर हाम्रो नि आफन्त जापानमा छ, भनेर धाक लाउनेहरु ज्यादै भेटिन्थ्यो । अमेरिका हत्पत नाम लिदैन थियो । अहिले त कलाकार अमेरिका पलायन हुने, हिंडेरै अमेरिका छिर्न खोज्ने अनि स्टुडेन्टहरु नि सबै भन्दा बढी बिदेश अध्ययन गर्न जादा अमेरिका नै रोज्ने । मैले अनी धेरैले अझै जापानलाई गन्तब्य बनाउदै गरेको पाईन्छ । अमेरिका, अस्ट्रेलिया पछी अहिलेको युवा पुस्ताको रोजाइ अनी इन्डियन् कुकको रुपमा जापान गन्तब्य बनाउनेहरु पनि कम छैन । बिकसित भनिने जापान लगायतको देशहरुको मोह नेपालमा धेरै छ । क्यानाडा, युरोप, सिङगापुर, हङ्कङ, कोरिया लगायतको मुलुकमा पठाउछु भन्दै सडक भित्ता-भित्ता पोस्टरले रङ्गी चङ्गी बनाउदै होर्डिङ बोर्ड ओहो गुटुङ्टुङ १५-२० लाख चिप्लाई दिए जस्तै आम्दानी हुने भय हुन्थ्यो च्याङ्बा । सजिलो त त्यहा कन्सल्टेन्ट (consultace) को  रिसेप्सनमा बस्ने टिप टप नानीको बोली जस्तो कहाँ हुन्थ्यो ? फलामको चिउरा के चाम्रो होला ? यो देशहरुको लाईफ स्टायल त्यो भन्दा गाह्रो, अनि  साह्रो हुन्छ । जापानको सन्दर्भमा त झन बेग्लै कथा बेथा छ ।

    `अमेरिका, अस्ट्रेलिया पछी अहिलेको युवा पुस्ताको रोजाइ अनी इन्डियन् कुकको रुपमा जापान गन्तब्य बनाउनेहरु पनि कम छैन ।´

    भबिष्यको लागि भन्दै मिनेट मिनेटमा बम गोला बर्षने इराक, अफ्गानिसतान लगायतको मुलुकमा जाने अनि बम गोलासँग च्यालेन्ज गर्ने हामी बिकसित देश भनेसि के बाँकी छोड्थ्यौ र ? मेक्सिको र अमेरिका बिच लगाएको फलामे बारले के छेक्छ हामीलाई ? त्यो माथि सपना बेच्नेहरु टोल टोलमा दोकान थापेर बसेको छ । अनि आट त हड्डी र छाला मात्रैको ज्यानमा नि कताबाट आउछ आउछ । कथाले मागेसी, सिक्टे च्यासेले नि आटेसी, सक्की गोनी ।

    मनुवा सभ्यताको बिकासले विश्व ब्रमाहन्डमा यस्तो असार पार्ला कतिले सोचियकै थिएन होला । आज वाद र सभ्यताहरुको बिकासले पुरै ब्रमाहन्डलाई खोक्रो र यसको आयु छोटो बनाउदै छ । आफुलाई बिबेक सिल भनिने मनुवाहरुले आफ्नो मात्रै अधिकार र स्वतन्त्रको कुरा गरेर आफु लगायत हजारौ जिवहरुको सभ्यतलाई खुलुत्त्तै निलेर आफुलाई अजिङ्गर सोच्छ । यी सभ्यताहरुको हत्यारा मतियारहरु आफुलाई उपल्लो दर्जाको सोच्छ । हामी हाम्रो कुरा बिर्सेंर बिकिन्छौ । एक पेट पाल्न एक मुठ्ठी श्वास फाल्न । पूर्वीय दर्शनको बिकास, बुद्ध धर्म, लिपी र कागजको बिकास हाम्रै काखमा हुँदा पनि हामी अबिकसित्, अशिक्षितहरुको झुण्डमा पिङ खेली रहेका छौ । फरक केही छैन । तिनी र हामीमा । फरक छ त सोचको, चिन्तन गर्ने शैलीको । कृयानोयन गर्ने शैली को ।

    जापान र नेपालको बिचमा म त्यस्तो ठुलो भिन्नता पाउदिन । धर्म, परम्परा, रहन-सहन नेपालमा बसोबास गर्ने कुनै न कुनै जाती सँग मिली हाल्छ । त्यसैमा बौधमार्गी भएसी अझ झन के चाहियो । जापानिजहरु देख्दा कोही हाम्रो मगर, गुरुङ राई, नेवार अनि  तामाङ जस्तो  । सबै भन्दा रोचक पक्ष यहाँको रक्सी खाने परीपाटी । अप्रिलबाट आर्थिक सत्र सुरु हुन्छ यहाँ । अप्रिलमा रक्सी नयाँ काम, नयाँ पढाई सुरु सबै नयाँ चिजको सुरुवातिको रुपमा पिउछन् । मे, महिनामा गोल्डेन वीकको उपल्क्ष्यमा पिउछन् । जुनमा बर्षको २ पटक पाउने कम्पनी बोनस । त्यही पाएको उपलक्ष्यमा पिउछन् । जुलाई गर्मी गर्मी भन्दै चिसो बरफ राखेर पिउछन् । अगस्टमा नाचु यासुमी हानामी, ओमाचुरी भन्दै पिउछन् । सेप्टेम्बरमा ओबो यासुमी मरेका पुर्खालाई सम्झदै उनिहरुलाई नि चढाउदै आफु नि पिउछन् । अक्टोबर-नोवेम्बरमा आकी लाग्यो आकीको सिजन संगै फूल जस्तै धकमक्क पत्ताहरु हेर्दै पिउछन् । डिसेम्बर क्रिशमस लाग्यो क्रिश्मसमनाउदै पिउछन् । जनवरी-फेब्रुअरी चिसो चिसो भन्दै पिउछन् । मार्च लाग्यो आर्थिक सत्रको अन्त्य । सोच्युग्यो सिकी, बर्ष भरिको पिढा । आदि आदि त्यही भुल्न पिउछन् । फेरी घुमी अप्रिल आउछ, फेरी पिउने । नेपालको आदिवासीले दु:खमा नि पिउने सुखमा नि पिउने । क्या चिज हो यो रक्सी जती खेरनी पिउने ?

    जापान भौतिक रुपमा बिकसित र सामुन्द्रिक मुलुक भएकोले  टोक्यो लगायतको शहर झिली मिली अनि  रेलमार्ग देख्दा बबालनै होकी जस्तो लाग्छ । तर यहाँका अझै पनि कती क्षेत्रहरु यस्ता पनि छन् जहाँ सुपा र बैक पुग्न घण्टौ लाग्छ । टोक्यो लगायतको शहरमा पाइने द्रुत ईन्टरनेट सेवाहरु चल्दैन । बिदेशीलाई भनेसी छुट्टै ग्रहबाट आय जस्तो व्यबहार र प्रश्न तेर्सिन्छ । तिमी कुन देशको हो ? यो प्रश्न हामीले हातको औलामा गन्न सकिन बिकसित भन्ने मुलुकहरुमा कमै सुनिन्छ । यहाँ प्रत्यक पलमा यस्तो व्यबहार सुन्नु र बोग्नु पर्छ ।

    अनि खानाको परिकार र स्वादमा ब्यवस्थित फरक पाउँछु । यहाँ मौसमको आधारमा खाना पर्बहरु निर्धारण गरेको पाइन्छ, त्यो नेपालमा पनि छ । सुपको रुपमा प्रयोग गरिने मिसोसिरु र हाम्रो दाल अनि गुन्द्रुकको झोल । खानामा भात अनि गहुँ जन्य खाना । छैन केही फरक, मनुवा खुशी रोज्छ । दु:ख भुल्न र नपाओस भन्ने सोचिन्छ ।

    बर्षमा ५-७ हजारको हाराहारिमा जापान आउने नेपालीहरुले तयारी कस्तो गरिन्छ त ? हामी १२-१५ बर्ष पढेको नेपाली ईंग्लिश भाषा बेसकाहरुको लागि जापानिज भाषानै टाउको दु:खाइको बिषय हो । नेपाल हुँदा भाषा अध्ययनमा पिटिक्कै समय नदिने तथा ध्यान नदिने प्लस हेपाहा बानी अनि जापान आउनु पाएको छैन पहिलेनै नेपालबाट आउँदा गरेको ऋण… यी यावत कुराहरुले नेपालीले चाहिदा नचाहिदा जापानिज भाषा अध्ययन कम र पिडा धेरै सहनु पर्ने भएको छ ।

    consultace को कुरै मात्र सुनेर स्टुडेन्टमा आउने, ब्यागमा कम्पनी बोक्ने, नेपाली रेस्टुरेन्ट खोल्ने झिङ्गा धपाउनेहरुको १५ लाख चुस्ने प्लान बेग्लै पाइन्छ । बिशेषत यो टोले सस्था, दलको भातृ सङ्गठन खोल्नुको भित्री रहस्य भनेको जापानमा मानब ओसारपसार गर्ने नै हो भन्ने घाम जस्तै छर्लङ्ग भएको छ । नेपालमा हुनेले मेरो मान्छे फलाना सस्थाको अध्यक्ष, एनआरएनको सदश्य छ आदि आदि…,  यी यावत कुरा गर्दै काम तुरुन्तै लगाइदिने, भनेको जस्तो तलब दिने, ढुक्क हुनु भन्ने आश्वासन बाड्दै दिन दुई गुना रात चार गुना कमाउने ध्याउन गर्दा नेपाली जन जापानमा इमान इजित र प्रेस्टिज भन्ने कुरो गुमाउदै छ । चेतना भया ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology