• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रमोदको ‘गाईदेउन गीत ए कान्छा’ सार्वजनिक,भिडियो सहित

प्रमोदको ‘गाईदेउन गीत ए कान्छा’ सार्वजनिक,भिडियो सहित

२४ घण्टा नपुग्दै भ्यु संख्या दश हजार हाराहारीमा


चिसाङ शेर्पा
  • बुधबार, कार्तिक १ २०७४

  • चिसाङ शेर्पा कात्र्तिक÷१ खोटाङ,
    खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाण्डौको वागवजारस्थित सिटि म्याक्समा मंगलवार युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा लोपन्मुख नेपाली वाजा मुर्चुङ्गालाई विशेष प्राथमिकतामा प्रस्तुत गरिएको छ ।

    “अस्मिता बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियोलाई २४ घण्टा नपुग्दै भ्यु संख्या दश हजार हाराहारीमा पुगेको हो ।”

    खोटाङको साहित्यक क्षेत्रमा अब्बल मानिने अर्खौले १० का गीतकार श्रेष्ठको रचनालाई टंक बुढाथोकीले संगीत भरेका छन् भने, नेपालका चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् ।

     

    मिलन बुढाथोकी निर्माता रहेको गीतलाई काठमाण्डौ लाजिम्पाटमा छायाङकन गरिएको हो । भिडियोलाई गम्भीर विष्टले कम्पोज गरेका छन् । अस्मिता बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म ९ हजार ७ सय ४० जनाले हेरीसकेका छन् । २४ घण्टा नपुग्दै भ्यु संख्या दश हजार हाराहारीमा पुगेको हो ।

     

    यसअघि ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतवाट चर्चा कमाएका श्रेष्ठले नेपाली गीति लेखनमा अदभुत क्षमता देखाउँन थालेका छन् । उनले लेखेका गीतहरु एकाएक गर्दै विभिन्न सञ्चार माध्यममा हिट भईरहेको छ ।

    हेर्नुस भिडियो

    https://www.youtube.com/watch?v=CCDH9U4Jif8

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology