चिसाङ शेर्पा असोज÷२७ खोटाङ,
जिल्ला प्रहरी कार्यालय खोटाङले खोटाङ जिल्लामा रहेका बिभिन्न प्रहरीचौकीहरुलाई निःशुल्करुपमा जग्गा प्रदान गर्नुहुने ६ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
६२ औं प्रहरी दिबसको उपलक्षमा जिल्ला प्रहरी कार्यालय खोटाङले सुक्रबार आयोजना गरेको एक कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १३ नुनथलाका बीरस तामाङ, सोममाया तामाङ र मेनुका तामाङले नुनथला प्रहरी चौकीलाई निःशुल्क १२ आना जग्गा प्रदान गरे वापत सम्मान गरिएको हो ।
जग्गा प्रदन गरि सम्मानित हुनुहुने अन्य महानुभाबहरुमा जन्तेढुङ्गा गाउँपालिका वडा नं. एकका भिमबहादुर राई, दिपु्रङ गाउँपालिका वडा नं. ४ भडारेका राजेन्द्र राई, दिपु्रङ गाउँपालिका वडा नं. ५ का मदन राई रहनु भएको छ ।
जन्तेढुङ्गाका भिमबहादुर राईले देबिस्थान प्रहरी चौकीलाई ६ आना दुई पैसा जग्गा प्रदान गर्नुभएको थियो भने, दिपुङका राजेन्द्र राईले भडारे प्रहरी चौकीलाई १ रोपनी जग्गा प्रदान गर्नु भएको थियो । त्यस्तै दिपु्रङकै मदन राईले रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ७ र वडा नं. ९ को सिमामा पर्ने तालखर्क प्रहरी चौकीलाई २ रोपनी १ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले जग्गादाताहरुलाई कार्यक्रमका प्रमूख अतिथी तथा प्रमूख जिल्ला अधिकारी एकदेब अधिकारीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सोहि कार्यक्रममा खोटाङ जिल्लाका तीनजना अमर सहिद परिवारका आफन्तहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेहरुमा रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ की कमलादेबी आर्चाय, सरस्वती ठाकुर र वडा नं. २ की लक्ष्मी श्रेष्ठ रहनु भएको छ ।
अमर सहित लक्ष्मी श्रेष्ठका छोरा हरिभक्त श्रेष्ठले कर्तब्यको शिलशिलामा २०५८ सालमा सोलुखुम्बुमा साहदात प्राप्त गर्नु भएको थियो । कमालादेबी आचार्यको छोरा जयप्रसाद आचार्यले ०६५ सालमा भोजपुरमा साहदात प्राप्त गर्नुभएको थियो भने, सरस्वती ठाकुरका छोरा नमराज ठाकुरले ०५८ सालमा रुकुममा शाहदात प्राप्त गर्नु भएको थियो ।
सहिद परिवारलाई कार्यक्रममा बिशेष अतिथी तथा जिल्ला समन्वय समितिका उप प्रमुख गोमादेबी खत्रीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खोटाङ जिल्लामा कर्तब्य निभाउने क्रममा बिभिन्न समयमा साहदात प्राप्त गर्नुहुने २६ जना रहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology