• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खुट्टा फर्किने भनेको के हो ? किन फर्किन्छ खुट्टा

खुट्टा फर्किने भनेको के हो ? किन फर्किन्छ खुट्टा

धेरै खानुहोस फलफुल


चिसाङ शेर्पा
  • बुधबार, असोज २५ २०७४

  • 478807474

    चिसाङ शेर्पा असोज÷२५ खोटाङ,

    कुनै न कुनै समयमा मानिसको खुट्टा फर्किने गर्दछ । खुट्टा फर्किदा मानिसलाई असहृय पिडा हुन्छ । खुट्टा फर्केको समयमा मानिस एक हिसावले अपांगजस्तै हुन्छन् र हिड्न सक्दैनन् । दैनिक कामकाज गरिरहेका आम मानिस यस समस्यावाट ग्रसित वनेका छन् । कम्मरभन्दा तल मानव शरीरका मशलहरुले स्थान परिवर्तन गर्नु नै खुट्टा फर्कनु हो ।

    मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ 

    किन फर्किन्छन् त खुट्टा सवैलाई जिज्ञासा हुन सक्छ । जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीका अनुसार मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन कमी भएका कारण मानिसको खुट्टा फर्कने गर्दछ । ‘एक्कासी खुट्टा फर्केमा साधरण घरैमा वसेर यसको उपचार गर्न सकिने डाक्टर केसीले जानकारी दिनुभयो ।’

     

    अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै संकेत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उहाँको भनाई छ । एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखी २० मिनेटमा यथास्थानमा जाने गर्दछ । खुट्टा फर्किने समस्या समाधान हुन्छ ।

     

    चिकित्सकहरुका अनुसार महिनामा एक÷दुई पटक खुट्टा फर्केमा स्वास्थ्य चौकीमा जाँच गराउनु उपर्युतm हुन्छ । यस समस्यावाट छुटकारा पाउनका लागि आरामदायि वसाई तथा धेरै मात्रामा केरा, आलु, हरियो सागसव्जी, प्रशस्त पानी, दुध उमालेर पिउने र स्याउ खानुपर्ने हुन्छ । त्यस्ता खाध्यपदार्थवाट मानव शरीरमा क्यालसियम र पोटासियम नामक भिटामिन प्राप्त हुने हुंदा खुट्टा फर्किने समस्या कमी हुने गर्दछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology