चिसाङ शेर्पा असोज÷२४ खोटाङ,
एक महिनादेखि खोटाङका दक्षिणी क्षेत्रमा सवै प्रकारका टेलीफोन सेवा ठप्प भएको छ । खोटेहाङ गाउँपालिकाको खोटाङबजार, जन्तेढुङगा गाउँपालिकाको हुम्मापोखरी र खोटेहाङ गाउँपालिकाकै सावाकटहरे र सिम्पानीमा रहेको नेपाल टेलिकमको विटियस टावरले काम नगरेपछि त्यस क्षेत्रका स्थानीयलाई दैनिक कामकाजमा समस्या भएको छ । नेपाल टेलिकमको वेवास्थाका कारण टेलीफोन सेवा ठप्प भएसंगै त्यस क्षेत्रका लाखौं सेवाग्राही मारमा परेका छन् । नेपाल टेलिकम जिल्ला शाखा खोटाङ र सरोकार निकायले सेवा ठप्प भएको लामो समय बितिसक्दा समेत ध्यान नदिएका कारण सम्पर्क विहीन भएर वस्नुपर्ने अवस्था आएको स्थानीवासीको आरोप छ । लामो समयदेखिको समस्याका विषयमा भने टेलिकमका हाकिम वेखवर रहेको पाइएको छ ।
टेलिकम शाखालाई पटक–पटक समस्याका विषयमा ध्यानकर्षण गरायौं, कतिसम्म भने, दशैं तिहारलगायतका चाडपर्वका वेला सवै मानिस गाउँ फर्केने भएका कारण टावरको क्षमताले नपुगेको भनेर टेलिकमका आधिकारीक व्यक्तिहरुबाट गैरजिम्मेवार कुराहरु आए, खोटेहाङ गाउँपालिकास्थित भगवती दिनानाथ उच्च माविका शिक्षक सन्तोष ढकालले सुनाए । उनले भने, ‘मोवाईलमा टावर आउँछ काम गर्दैन्, नत समस्या हल नै गर्छ टेलिकमले ।’
खोटेहाङ गाउँपालिकाकै विद्यार्थी नेता सन्तोषी फुयालका अनुसार, ‘टेलीफोन अवरुद्धताका कारण सास्ती भोगीरहेका छौं, कुनै काम परे कसैसंग सम्पर्कमा रहन सकिएको छैन्, सञ्चार विहीन भएर वस्न बाध्य बनाएको छ टेलिकमले, उनी भन्छिन्, सञ्चारमार्फत सम्बन्धित निकायलाई घच्घच्याईदिनुस ।’
खोटाङ, ओखलढुं्गा र सोलुखुम्बुगरी तीन जिल्लाको मुख्य टावर उदयपुरको चित्रे टावरको रिपीटर लिङकमा या त्यस क्षेत्रका विटियस टावरमा कुनमा समस्या आएको हो भन्नेनै पत्ता लगाउँन नसकिएको नेपाल टेलिकम शाखा खोटाङका प्रमुख ज्वतिनारायण चौधरीले बताए । चौधरीका अनुसार ‘टेलिकमको क्षेत्रिय कार्यालय विराटनगरलाई जानकारी गराएका छौं, अवका तीनदिन भित्रमा प्राविधिकहरु आएर समस्या हल गर्ने छन् ।’ सेवाग्राहीले प्रयोग गर्ने स्काई तथा नमस्ते मोवाईल सेवा अवरुद्ध भएसंगै इमेल, इन्टरनेटका माध्यमबाट सञ्चालन हुने बित्तीय संस्था तथा आईएमई सेवा समेत प्रभावित भएका छन् । कतिपयले भने उदयपुरको चित्रेमा रहेको टावरले भेट्ने ठाउँमा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ ।
यद्यपि, सदरमुकाम भन्दा टाढाका समस्यालाई थाती रोखेर हेर्ने हे भने, टेलिकमको चरम लापरवाहीका कारण जिल्ला सदरमुकामसहित अन्य ठाउँमा पनि टेलिफोन सेवा गुणस्तरिय छैन् । पछिल्लो समय नेपाल टेलिकमको सेवामा समस्या देखिएपछि सदरमुकाम दिक्तेलबजारका सेवाग्राही नै समस्या भोग्न बाध्य छन् । फोन कट्ने, आवाज स्पस्ट नसुनीने तथा वेला–वेला मोवाईलमा टावर नहुँने लगायतका समस्याबाट सेवाग्राही चिन्तित बनेका छन् ।
यता, निजि सेवा प्रदायक कम्पनी एनसेलद्धारा खोटाङ सदरमुकाम दिक्तmेलमा सञ्चालित एनसेल फोन विजुलीमा परनिर्भर हुंदा उपभोतmाहरु हैरानी खेप्न वाध्य भएका छन् । सदरमुकाम दिक्तmेल १ स्थित वैंकअफ काठमाडौको माथिल्लो तलमा रहेको एनसेल फोनको टावर विजुली हुंदा चल्ने, विजुली नहुंदा नचल्ने भएपछि त्यसका दश हजार उपभोतmाहरु प्रत्यक्ष मर्कामा परेका हुन् । सदरमुकाम आसपास सहित दश हजार व्यतmीले एकैसाथ प्रयोग गर्न सकिने फोन खासमा प्रभावकारी नहुंदा यसका उपभोतmाहरु आक्रोस वनेका छन् ।
२०६७ सालमा स्थापना भएको एनसेल टावरमा प्रशस्त मात्रामा व्याट्रीव्याकअप नहुंनु र वत्तीको विकल्पमा जेनेरेटर नराखिदा खोटाङ सदरमुकाम दिक्तmेलमा रहेको एनसेल फोन भने अनुसार उपभोग गर्न नपाईएको हो ।
एनसेलका लागि सगरमाथा अञ्चल मेन्टिनेन्स डिर्पाटका क्लस्टलिड मोहम्मद अखतर रजाका अनुसार एनसेल टावरमा भएको व्याट्रीले ७ घण्टा काम गर्ने बताए पनि विजुली गएको पाँच मिनेटमा एनसेल फोन पुर्णरुपमा वन्द हुन्छ । रजाका अनुसार ‘जयरामघाटस्थित दुधकोसी पुलमा पक्कीपुलको काम समापन भएपछि कम्पनीको निर्देशन अनुसार अटो जेनेरेटर राखिने बताए । जेनेरेटर राखेपछि वत्ती नहुंदा पनि फोन चल्नेछ ।’
महुरेगढी र मुढेमा रहेका एनसेल टावरहरुमा जेनेरेटर रहेकाले त्यहाँ समस्या नभएको उहाँको भनाई छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology