• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अक्षयकोष निर्माणका लागि विद्धालयलाई नगद हस्तान्तरण

अक्षयकोष निर्माणका लागि विद्धालयलाई नगद हस्तान्तरण

‘चक्रवहादुर राई ल्याप्mटिनेन्ट जितवहादुर राई स्मृती छात्रावृती २०७४ मा एक लाख’


चिसाङ शेर्पा
  • सोमबार, असोज २३ २०७४

  • चिसाङ शेर्पा असोज÷२३ खोटाङ,

    खोटाङको एक विद्धालयलाई ओखलढुंगाका समाजसेवी मान बहादुर राईले विद्धालय अक्षयकोष खडा गर्नका लागि नगद एक लाख रकम हस्तान्तरण गरेका छन् । ‘चक्रवहादुर राई ल्याप्mटिनेन्ट जितवहादुर राई स्मृती छात्रावृती २०७४’ नामक अक्षयकोष निर्माण गर्न ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका एक निवासी राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ वाहुनीडाँडा जयरामघाटमा रहेको दुधकोसी आधारभुत विद्धालयलाई अक्षयकोषका लागी उतm रकम हस्तान्तरण गरेका हुन् ।

     

    सानोमा सोही विद्धालयमा अध्ययन गरेका राईले आईतवार विद्धालय व्यवस्थापन समितीका अध्यक्ष भविलाल राईलाई नगद हस्तान्तरण गरेका हुन् । प्राप्त नगदलाई वैंक खाता खोलेर जम्मा गरिने अक्षयकोषको व्याजवाट आएको रकमले विद्धालयमा अध्ययनरत छात्राछात्रलाई छात्रवृति प्रदान गरिने विद्धालयले जनाएको छ ।

     

    कार्यक्रममा राष्ट्रिय गानका सर्जक प्रदिप कुमार राई (व्याकुल माईला) हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईवन राई र उप–प्रमुख विमला राईको उपस्थिती रहेको थियो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology