चिसाङ शेर्पा असोज÷२२ खोटाङ,
खोटाङका पत्रकारहरुले यस वर्षको तिहार आ–आफ्नो चेलीहरुको हातवाट भाईटिका लगाएर मनाउँदै छन् । पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष तथा राष्ट्रिय दैनिक ‘नागरिक’का खोटाङ संवाददाता दमन राईले हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटारमा कान्छी वहिनी जमुना राईको हातवाट भाईटिका लगाउँदै छन् ।
‘नेपाल टेलिभिजन’का खोटाङ संवाददाता तथा पत्रकार महासंघ खोटाङका उपाध्यक्ष रामधन राईले रुपाकोट मझुवागढी नगरपालिका खार्मी ११ मा दुई वहिनी ववि राई र सुनचना राईका हातवाट भाईटिका लगाउँने छन् । पत्रकार महासंघका महिला उपाध्यक्ष तथा खोटाङ ईन्सेक प्रतिनिधि सुनिता मगर भने, आफ्ना वुवा वित्नु भएकाले यो वर्षको तिहार मनाउँन नहुने बताईन् । हलेसी रेडियोका स्टेशन म्यानेजर, राष्ट्रिय दैनिक ‘कारोवार’का खोटाङ संवाददाता तथा पत्रकार महासंघका सचिव उत्तम चौलागाँई आफ्नो तीन दिदिवहिनी भगवती चौलागाँई, वावा चौलागाँई र हिरा चौलागाँईको हातवाट जन्तेढुंगा गाउँपालिका डम्बर्खुशिवालयमा तिहार मनाउँदै छन् ।
पत्रकार महासंघ खोटाङका सह–सचिव, ‘समायोजन खवर’ अनलाईनका सम्पादक तथा ‘साझा सवाल’ अनलाईनका खोटाङ संवाददाता चिसाङ शेर्पाको आफ्नै दिदिवहिनी नभए पनि गतवर्ष जस्तै चार वहिनी शर्मिला शेर्पा, सञ्जिता गुरुङ, करुणा शेर्पा र जलनदिया शेर्पाको हातवाट रुपाकोट मझुवागढी नगरपालिका नुनथलामा भाईटिका मनाउँने भएका छन् । महासंघ शाखाका कोषाध्यक्ष शर्मिला विश्वकर्माले भने, दुईजना माईतीहरु फडिन्द्र विश्वकर्मा र रविन्द्र विश्वकर्मालाई फुलटिका लगाईदिएर तिहार मनाउँने बताईन् । महासंघका सदस्य काजनश्री राई तीन जना दिदि वहिनीहरुको हातवाट दोर्पामा भाईटिका लगाउँदै छन । सदस्य युवाराज रोईला आफ्नो एक दिदि कोपिला रोईलाको हातवाट जन्तेढुंगा गाउँपालिकामा तिहार मनाउँने बताए ।
यस्तै, ‘प्रेस स्वतन्त्रता सेनानी’ तथा खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यका तीन दिदिवहिनी जिल्लाभन्दा वाहिर रहेकाले यसवर्षको भाईटिका नलगाउँने बताउनुभयो । प्रेस युनियन खोटाङका अध्यक्ष, ‘खोटाङ खवर’का प्रकाशक सम्पादक तथा केन्द्रिय पार्षद दिलिप खत्रीले उदयपुरमा पाँचजना चेलीहरुको हातवाट टिका लगाउँने भएका छन् । सरिता राउत, तारा कटुवाल, विनिता खत्री, अनिता निरौला र कल्पना सुवेदीवाट भाईटिका लगाउँने खत्रीले बताउनुभयो ।
‘कान्तीपुर दैनिक’का खोटाङ संवाददाता तथा केन्द्रिय सभासद डम्बरसिं राई रुपाकोट मझुवागढी नगरपालिका जालपामा वहिनी खजिना राईको हातवाट भाईटिका लगाउँने बताउनुभयो । ‘नयाँ पत्रिका’ खोटाङ संवाददाता तथा प्रदेश सभासद केदार मगरका अनुसार आफ्नै दिदिवहिनी नभएका र गाउँभरीका छोरीचेलीको हातवाट भाईटिका लगाउँदै छन् ।
यसैगरी,‘एभिन्युज टेलिभिजन’का खोटाङ संवाददाता, प्रेस चौतारीका केन्द्रिय सदस्य हरीवोल आचार्य ३ बहिनी कुमारी पाण्डे, तुलसादेवी खनाल र चन्द्रकला वास्तोलाका हातवाट दिक्तmेलमा फुलटिका लगाउँदै छन् । प्रदेश पार्षद तथा ‘उज्यालो नाईटी नेटवर्क’का रिपोर्टर उजीर कार्की आफ्नै घरका दिदिवहिनी नभएता पनि ठूला वुवाका छोरी हिरा कार्कीका हातवाट काठमाण्डौमा भाईटिका लगाउने छन् ।
‘रुपाकोट एफएम’का स्टेशन म्यानेजर सुर्य तामाङका अनुसार ‘वर्षौदेखी दशै नमनाएका र दशै तिहारजस्ता चाडहरु प्राथमिकतामा नपर्ने भएकाले सात जना चेलीहरुसंग सामान्य भेटघाट गर्ने बताउनु भयो ।’ ‘गोरखापत्र’ राष्ट्रिय दैनिकका खोटाङ संवाददाता उजुर राई पारिवारिक कारण यसवर्षको तिहार नमनाउने बताउँनुभयो । गतवर्षहरुमा सामान्य तवरमा मनाए पनि यो वर्ष भेटघाट मात्र हुने र भाईटिका नलगाउँने बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology