• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु, फुलबारी युवा क्लवद्धारा आयोजक पराजित

ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु, फुलबारी युवा क्लवद्धारा आयोजक पराजित

२९ टिमको सहभागीता


चिसाङ शेर्पा
  • बिहिबार, असोज १९ २०७४

  • चिसाङ शेर्पा असोज÷१९ खोटाङ,

    ओखलढुंगामा व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु भएको छ । कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा गोल्ड कप सुरु भएको हो । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको प्रतियोगीता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकमध्येका नयाँ नेपाल सरोकार समाजका सचिव रबिन राईले बताउनुभयो ।

     

    गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी, हिलेपानी फुटबलव क्लव र दुधकौशिका प्राबि सोक्माटारसँगको सहकार्यमा सुरु गरिएको प्रतियोगीतामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठ्माण्डौं, ललितपुर लगायतका जिल्लाबाट आएका २९ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको उदघाटन खेल आयोजक दुधकौशिका प्राबि सोक्माटार र फुलबारी युवा क्ल्व ‘बी’ जाक्माबीच भएको खेलमा फुलवारी युवा क्लवले दुई गोल गर्दै जित हाँसिल गरेको छ ।

     

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख, दोश्रो हुने टिमले ५० हजार र तेश्रो हुने टिमले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

     

    प्रतियोगीताकैवीचमा असोज २६ र २७ गते दाँत र जनरल हेल्थ चेकअप तथा उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । गोल्डकप उद्घाटन तथा समापन कार्यक्रममा लोपोन्मुख बनेको सालमाया, सरुमा, अधिया, खियाली, राम्दले, साकेला लगायतका लोकभाका एवं लोकनाच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology