चिसाङ शेर्पा असोज÷१९ खोटाङ,
खोटाङको नुनथला युवा सेवा समाज नुनथलाले साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । तिहारको उपलक्ष्यमा रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ भित्रका साविकका ९ वडाहरुमा रहेका युवा तथा खेलकुदप्रेमीहरुका लागि भलिवल प्रतियोगिता गर्ने भएको हो ।
जालपा मा.विको प्राङगणमा विहीवार भएको छलफलले आगामी असोज ३० गतेवाट जालपा माध्यमिक विद्धालयको खेल मैदानमा भलिवल प्रतियोगिता गरिने निर्णय भएको नुनथला युवा सेवा समाजका अध्यक्ष शुक्र तामाङले बताउनु भयो । तामाङका अनुसार प्रतियोगिताका प्रथम विजयी टिमले पाँच हजार, द्धितिय तीन हजार र तृतिय विजयी टिमले दुई हजार नगद पुरस्कार पाउने छ ।
‘तिहार लक्षित गरी सञ्चालन हुने भलिवल प्रतियोगिता कार्तिक १ मा समापन हुनेछ । सोही दिन साँझवाट साँस्कृतिक कार्यक्रम अन्तरगत साविकका वडाहरुको नृत्य प्रतियोगिता समेत हुने युवा सेवा समाजका उपाध्यक्ष लक्ष्मण राईले जानकारी दिनुभयो । नृत्यमा संलग्न टिमहरुलाई भने दामासाही रुपमा सम्मान गरिने राईको भनाई छ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology