• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुधकोसी पुल ढलान सुरु, महिना दिनपछि तराई–काठमाण्डौ सिधा यातायात

दुधकोसी पुल ढलान सुरु, महिना दिनपछि तराई–काठमाण्डौ सिधा यातायात

खोटाङको समृद्धिको ढोका खुल्दै


चिसाङ शेर्पा
  • बिहिबार, असोज १९ २०७४

  • चिसाङ शेर्पा असोज÷१९ खोटाङ,

    महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ । दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेलीरहेका खोटाङे जनताहरुको पिडा हट्ने निश्चित भएको हो । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुल ढलानका काम सुरु भएपछि संमृद्धिको ढोका खुल्ने भएको हो ।

    “४ दिनमा पूरा हुने ढलानलाई महिना दिनसम्म क्यूरिङ गर्दै सुकाएपछि  पक्की पुल सञ्चालनमा आउने ईन्जिनियर सिताराम कार्कीले बताए ।”

    सम्झौता म्याद नाघेको ५ वर्षपछि बुधबारदेखि दुधकोसीको पुल ढलान सुरु गरिएको छ । ४ दिनमा पूरा हुने ढलानलाई महिना दिनसम्म क्यूरिङ गर्दै सुकाएपछि सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।

     

    बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले हाल आशा जगाएको खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताउनुभयो । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology