फुर्वा शेर्पा असोज÷१० खोटाङ,
समाज निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने युवाहरुको संख्या पछिल्लो अवस्थामा घट्दोक्रममा रहेको छ । विकास निर्माणको संम्वाहक युवा जनशतिm घट्नु आपंmैमा दुखद कुरा हो । वैदेशिक रोजगार, विदेश अध्ययन लगायतका कुराले युवा जनशतिm घट्दोक्रममा रहेको आँकलन गर्न सकिन्छ । यद्यपी, कतीपय अवस्थामा विदेशमै रहेर पनि विभिन्न समाजसेवा गर्ने युवा जनशतिmहरु एकादुई औलामा गणना गर्न सकिन्छ ।
समाजमा भईरहेका गतिविधीसंग निरन्तर अपडेट रहेर सहयोगी भावना वोक्ने केही युवाहरु सामाजिक कार्य गर्नमा तल्लीन देखिन्छन् । ‘युवाशतिmले गरे हरेक कुरा संम्भव रहने तर्क वुद्धिजिवीहरुको हुने गर्छ, त्यो यथार्थ पनि छ ।’ खोटाङका ३ युवा आ,आफ्नो लक्ष्य लिएर समाजसेवामा तल्लीन रहेको पाईएको छ । उनीहरु आफ्नो लागि भन्दा अरुको लागि काम गर्ने गर्छन् । प्रस्तुत छ विगत लामो समययता सामाजिक कार्यमा अग्रसर हुन चाहाने तीन युवाको कथा ।
राम कुमार राई ⁄ दोर्पा
रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पाका २६ वर्षिय राम कुमार राई उच्च शिक्षाका लागि हाल जापानमा अध्ययनरत रहेका छन् । उनी अध्ययनका अलवा समाजसेवा गर्न मन पराउँछन् । ३ अघि जापान आएका राईले सानातिना सहयोग दर्जनौ गरीसकेका छन् । गत असार पहिलो सातामा मुटुको भल्व विग्रिएका नुनथला १३ का शोभा राईलाई ब्यतिmगत ५५ हजार आर्थिक सहयोग गरे । मुटुको भल्वले काम गर्न छोडेपछि उनलाई थप अपरेशनका लागि थोरै राहत पुगोस भनेर सहयोग गरेको जापानवाट उनले बताए । आधिकारिक प्रमाणहरु सहित आफुलाई सहयोगको अपिल गरे आफु सकारात्मक हुने उहाँको भनाई छ ।
गजेन्द्र राई ⁄ हौंचुर
लामीडाडाँ गाउँपालिका ६ हांैचुरका ३० वर्षिय युवा गजेन्द्र राई विद्धालयका लागि ५ लाख आर्थिक सहयोग संकलन गरी आफैले १ रोपनी जग्गा दिएर समुदायको पहलमा नयाँ विद्धालय भवन निर्माण गरेका छन् ।
सञ्चालन भईरहेको जनएकता आधारभुत विद्धालयमा वर्षातमा भलवाढी पस्ने र विधालयको प्रशस्त जग्गा नहुंदा वालवालिकालाई असजिलो भएपछी सुरक्षित स्थानमा नयाँ विद्धालय भवन बनाउँनका लागि व्यतिmगत १ लाख १० हजार सहयोग र दातावाट संकलन गरिएको ३ लाख ९० हजारले अहिले विद्धालय भवन तयारी भएको छ । नयाँ भवनमा विद्धालय स्थानतरणका लागि अन्तिम कार्य भईरहेको विद्धालयले जनाएको छ ।
राईले २०७३ चैत्र २० गतेवाट सुरु गरेको एम्वुलेन्स खरिद अभियानका लागि आर्थिक संकलन अहिले देश तथा विदेशमा तीव्ररुपमा सञ्चालन भईरहेको छ । एम्बुलेन्स खरिद गर्न थप मजबुत हुन गत साउन २६ मा हौंचुरमा एम्वुलेन्स खरिदका लागि गठन गरिएको समितीले नेपालसहित जापान, साउदी, कतार, दुवाई, मलेसिया, कुवेत, वहराईनमा रहेका हौंचुरवासीहरुले सहयोग गरिरहेको राईले जानकारी दिनुभयो । अहिलेसम्म ६ लाख १५ हजार संकलन भएको छ ।
एम्बुलेन्स खरिद कार्यमा सहयोग गर्न चाहानुहुनेले प्रभु वैंक अनामनगर काठमाडौमा गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने राईले बताए । यद्यपी, युरोप देशहरुमा रहेकाले पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर उतm खाता नम्बरमा पैसा जम्मा गर्न सकिने छ ।
चिसाङ शेर्पा (पुर्वेली) ⁄ नुनथला
रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का २५ वर्षिय युवा चिसाङ शेर्पा पत्रकार महासंघ खोटाङका सह,सचिव हुन् । पत्रकारितासंगै सामाजिक सेवामा अग्रसर शेर्पाले मौवाबोटे ६ खोटाङका बुवा मलेसियामा मृत्यु भएका आमा गाउँकै साइनो पर्नेसँग विबाह गरी भागेपछी बिचल्लीमा परेका १४ वर्षिय जुना राईसहितका भाइबहिनीको उज्जवल भविष्य सुधारका लागि ५ हजार १ सय ४२, नेपाल पत्रकार महासंघ शाखा दिक्तेललाई १५ हजार १ सय २५, नुनथला १३ का खुट्टाका बोन क्यान्सर पिडित यामबिर तामाङको सल्यक्रियाका लागि (आफ्नै पहल तथा सामुहिक रुपमा) १ लाख १० हजार, नवज्योति आधारभुत विद्धालय साविक नुनथला ८ गैरीलाई ब्यक्तिगत १० हजार र फेसबुक गु्रप च्याटवाट १ लाख १ सय २४ सहयोग गरेका छन्् ।
यस्तै, ब्लड क्यान्सरबाट ग्रस्त बनेकी रसुवा लहरेपौवा ४ का ५ वर्षिय मोनिका तामाङका लागि (आफ्नै पहल तथा सामुहिकमा १ लाख ९० हजार ८ सय ४६, मुखको ट्युमर रोगबाट पिडित खोटाङ बाझेच्यानडाडाँ ८ तेर्सेटोलकी १४ वार्षिय बालिका रेबिका राईका लागी शेर्पाको पहलमा २३ हजार नगद सहयोग गरिसकेका छन् ।
सामाजिक कार्य गर्नमा अग्रसर उनी भन्छन् ‘अबकोे अर्को महत्वपूर्ण अभियान भनेको घर, गाउँ हुँदै समाजबाट मध्यपान निर्मुलन गर्नु हो, आज त्यहीं मध्यपानकै कारण हजारौं श्रीमतीहरु श्रीमानको कुटपिटबाट पिडित छन् । सयौं लालाबालाहरुको दिमागमा डर पसेको छ । समाज दुर्घन्धित बनेको छ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology