• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निमोनियाका कारण राईको असामयिक निधन

निमोनियाका कारण राईको असामयिक निधन

अधुरो रहृयो जिवन, शोकमा डुब्यो परिवार


चिसाङ शेर्पा
  • मंगलबार, असोज १० २०७४

  •  

    चिसाङ शेर्पा असोज÷१० खोटाङ,
    अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका सदस्य दिपा राईको निमोनियाका कारण सोमवार निधन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ पुईलुङका राईको २२ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

    सानोमा मुटुको समस्या भएता पनि विचमा कुनै समस्या नभएको र लगभग १५ दिन अघि मोटरवाईकमा काठमाण्डौ जाँदा चिसोले निमोनिया भएका थियो । निमोनिया भएपछि कोरियन अस्पताल भतmपुरमा उपचार पश्चात डिस्चार्ज भएका राईको आईतवार राती २ वजे भतmपुरस्थि आफ्नै कोठामा निधन भएको उहाँका वुवा चन्द्र चाम्लिङले बताउनुभयो ।

    चाम्लिङले भने ‘अस्पतालले डिस्चार्ज गरेको छोरीलाई राती विरामले च्यापेपछि अस्पताल पु¥याउन नपाई गुमाउनु प¥यो ।’ घरकी एक्ली छोरीको निधनसंगै परिवार शोकमा डुबेको रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले बताए ।

    राईको सोमवार पुईलुङमा परम्परा अनुसार दाहसंस्कार गरिएको छ । राईलाई अखिल नेपाल जनसाँस्कृतिक महासंघ नुनथलाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नुथललाले सम्मानसहित दाहसंस्कार गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology