• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगामी निर्वाचन टिकटका लागि खोटाङ कांग्रेसवाट वाजी कसले मार्लान,जम्बो नामावली सार्वजनिक

आगामी निर्वाचन टिकटका लागि खोटाङ कांग्रेसवाट वाजी कसले मार्लान,जम्बो नामावली सार्वजनिक

टिकटका लागि कांग्रेस नेताहरुलाई लविङ गर्ने वाटो खुल्यो


चिसाङ शेर्पा
  • मंगलबार, असोज १० २०७४

  • चिसाङ शेर्पा असोज÷१० खोटाङ
    नेपाली कांग्रेस खोटाङले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुकोे जम्बो नामावली सार्वजनिक गरेको छ । आगामी १७ गतेभित्र काठमाण्डौमा पुग्नेगरी कांग्रेसले ४७ जना उम्मेद्वार आकाङक्षीको नामावली सिफारिस गर्ने जनाएको छ ।

     

    दिक्तmेलमा सोमवार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वारमा शिवकुमार वस्नेत, नवराज केसी, सर्वधन राई, सरस्वती वजिमय, कृष्ण कुमार राई रहेका छन् । समानुपातिकमा हिरा गुरुङ, नवराज केसी, पदम निरौला, योगेन्द्र राईको नाम सार्वजनिक गरेका हुन् ।

    “टिकटका लागि काग्रेस नेताहरुलाई लविङ गर्ने वाटो खुल्ला भएको छ । टिकटको टुङगो नलागेसम्म कसले वाजी मार्लान भनेर कांग्रेसका नेताहरुको निन्द्रा हटेको छ ।”

    प्रदेशसभातर्फको एक नम्बर प्रदेशका लागि नरेश कुमार श्रेष्ठ, सुवास कुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्र सिं ठकुरी र भगवती निरौला रहेका छन् । समानुपातिकका उम्मेद्वारहरुमा ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्र राई, डा. राजकुमार राई, भक्तजंग राई, रोजन राई, दुरेन राई, शान्तिदेवि राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवि रेग्मी, उमेशचन्द्र आचार्य र कुमार पुरीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

     

    यस्तै, दुई नम्बर प्रदेशको प्रत्यक्षतर्फमा विष्णुकुमार राई, रविप्रकाश राई, महेन्द्र कुमार कट्वाल र रमेश खड्का छन् । समानुपातिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, वसन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेम वहादुर खड्का, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, प्रेमकुमार कट्वाल र ललिता राउत रहेका छन् ।

     

    ‘टिकटका लागि लगभग पार्टीमा संलग्न क्रियाशिल सवै नेताहरुको सालाखाला रुपमा नाम सिफारिस गरिएको खोटाङ कांग्रेसका सभापती नरेश कुमार श्रेष्ठले बताए । सवैको नाम अटाउँदा पार्टी एकजुट हुने र आगामी निर्वाचनमा विजयी हाँसिल गरीने श्रेष्ठको भनाई छ ।’
    निर्वाचन लक्षित गरेर जिल्ला व्यापी साधरण सदस्य वितरण र कोजाग्रत पुर्णिमाका दिन ७९ वडामा शुभकामना आदानप्रदान गरिने कांग्रेसले जनाएको छ ।

    यद्यपी, सवैको नाम सिफारिस गरिंदा पार्टीमा टिकटका लागि काग्रेस नेताहरुलाई लविङ गर्ने वाटो खुल्ला भएको छ । टिकटको टुङगो नलागेसम्म कसले वाजी मार्लान भनेर कांग्रेसका नेताहरुको निन्द्रा हटेको छ ।

     

    प्रत्यक्षमा एक महिलासहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित ३ जनाको नाम सिफारीस गर्न केन्द्रले निर्देशन दिएता पनि कांग्रेस खोटाङले निर्वाचनमा भागलिन ईच्छुक अधिंकास नेताहरुको जम्बो नामावली सिफारीस गरेको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology