चिसाङ शेर्पा असोज÷९ खोटाङ,
जिल्लामा खेलकुदलाई अनिवार्य क्रियाकलाप बनाईनु पर्नेे नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताएका छन् । नेपालको ऐतिहाँसिक निर्वाचनवाट चुनिएका जनप्रतिनिधी तथा नव आगन्तुक राष्ट्र सेवक कर्मचारी सम्मान र नेपाल सितोरियो कराँतेसंघ खोटाङको भावि योजना वारेको अन्तक्र्रिया कार्यक्रममा ‘राष्ट्रका लागि खेलकुदलाई विगत लामो समयदेखी खोटाङमा अतिरितm क्रियाकलापमा राख्न खोजिएको विषयलाई इंगित गर्दै त्यसो गरेमा जिल्लामा खेलकुदको अस्तित्व समाप्त हुने अध्यक्ष राईले बताए ।’
राईले भने ‘नेपालको खेलकुदमा राजनीतिकरण, दलालीकरण र अपराधीकरण हुंदा फड्को मार्न नसकेको हो । राजनीतिकरणका झिल्काहरु खेलकुदसम्म आईपुग्दा खोटाङमा पनि खेलकुद पछाडी परेको उनले बताए । खेलकुदप्रति जनप्रतिनिधीहरु वेलैमा सचेत बन्न अनुरोध गर्दै खेलकुदलाई अतिरितm क्रियाकलाप नभएर अनिवार्य क्रियाकलापमा समावेश गरीदिन अनुरोध गरे ।’ खेलकुदलई अनिवार्य नबनाईए खेलाडीहरु विदेश पलायनको विकल्प नरहेको उहाँको भनाई छ ।
नेपाल सितोरियो कराँतेसंघ खोटाङको आयोजनामा सोमवार भएको कार्यक्रममा रुपाकोट मझुवागढी नगरपालिकाभित्रका १५ जना वडासदस्य, २ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा ८ गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई कदरपत्रले सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रतिनिधीहरुलाई सम्मान गरेका हुन् ।
जिल्ला खेलकुद विकास समिती खोटाङका अध्यक्ष माईतीराज राईको अध्यक्षतामा नेपाल सितोरियो कराँतेसंघ खोटाङको कर्वडहलमा भएको कार्यक्रममा नेपाल सितोरियो कराँतेसंघ खोटाङका अध्यक्ष सञ्जय कुमार राईले २०६८ देखी हालसम्मको सितोरियो कराँतेको प्रगती विवरण र आगामी कराँतेका भावी योजना प्रस्तुत गरेका थिए । योजना अन्तरगत दिक्तmेलमा दोस्रो हलेसी खोटाङ खुल्ला अन्र्तराष्ट्रिय कराँते प्रतियोगिता गर्ने, प्रत्येक पालिकामा कराँते खेलकुदको विकास गर्ने लगायत रहेको छ ।
उतm कार्यक्रम गर्नका लागि स्थानिय निकाय अन्तरगतको रुपाकोट मझुवागढी नगरपालिका दिक्तmेलवाट २० लाख, हलेसी तुवाचुङ नगरपालिकावाट १० लाख, ८ पालिकावाट ५÷५ लाख तथा शुभचिन्तकवाट १० लाख गरी ८० लाख वरावरको रकम अपेक्षा गरिएको राईले बताए । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले जिल्लामा सितोरियो कराँतेका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology