उजुर राई असोज ७ खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक नहुंदा कार्यालयको थोरै रकम निकाल्न पनि सदरमुकाम दिक्तेल धाउनु पर्ने बाध्यता रहेको छ । हलेसी क्षेत्रमा ज्योती बिकास बैंक भएता पनि नगरपालिकाको खाताहरु राष्ट्रिय बाणिज्य बैंकमा संचालन गर्नु पर्ने भएकाले नगरपालिकाको सदरमुकाम दिक्तेलमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा खाता रहेकाले पाँच हजारको चेक साट्न पनि ३६ किलोमिटर टाढा रहेको सदरमुकाम दिक्तेलकोे राष्ट्रिय बाणिज्य बैंक जानु पर्ने बाध्यता रहेको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले बताउनु भयो ।
नगरपालिकामा अहिले ११ वटा वडाका कर्मचारी, शिक्षक, कृषि बिकास, स्वास्थ्य, आयुर्बेद लगायतका कर्मचारीहरुको तलब आउँने गरेको छ । तर सबै कर्मचारीहरुको तलब नगरपालिकाले नै खुवाउनु पर्ने भएकोले अप्mठ्यारो अबस्था रहेको अधिकृत किराँतीले बताए ।
हलेसी मन्दिर दर्शनका लागि आउने भक्तालु तथा पर्याटकहरुलाई समेत बैंक नहुदा समस्या पर्ने गरेको हलेसी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology