• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दशैं लक्षित गरेर सडक मर्मत

खोटाङमा दशैं लक्षित गरेर सडक मर्मत

वस चालक तथा यात्रुहरुलाई राहत


चिसाङ शेर्पा
  • शनिबार, असोज ७ २०७४

  • चिसाङ शेर्पा असोज÷७ खोटाङ ,
    चाडपर्वलाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तmेल–हुर्लुङ सडकको दिक्तेल–कारागार सडक मर्मत गरिएको छ । दशैं, तिहार र छठ पर्वको अवशरमा जिल्ला भित्रने र फर्कने यात्रुको सुविधालाई ध्यानमा राखेर दिक्तेल–हुर्लुङ सडक खण्डको जिरोपइन्टदेखि कारागारबीचको भागमा खाल्डाखुल्डी र हिलाम्मे सडक मर्मत गरिएको छ ।

    “दिक्तेल– हुर्लुङ ११.४३ किलोमिटर सडकमा गाडी गुडाउँन समस्या भईरहंदा ढिलै भएपनि सडक मर्मत कार्य थालिएको हो ।”

    दिक्तेलकै जिरोपइन्टदेखि रमितेडाँडा – पेट्रोल पम्प आसपासका बिग्रेका सडक शनिबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, व्यवसायी लगायतको सहभागीतामा मर्मत गरिएको हो । सदरमुकाम आसपासकै सडकमा सवारी साधन भासिने समस्याले यात्रुले सास्ती खेप्नु परेकाले सडक मर्मत गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

     

    खाल्डो परेर सवारी साधन अड्किने सडकमा ढुंगा ओसारेर ग्राभेल गरिएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिकाको स्काभेटर प्रयोग गरेर सडकमा जमेका पानी कटान गरिएको छ ।

     

    दिक्तेल– हुर्लुङ ११.४३ किलोमिटर सडकमा गाडी गुडाउँन समस्या भईरहंदा व्यापक जन गुनासो बढ्न थालेपछि ढिलै भएपनि सडक मर्मत कार्य थालिएको हो । दिक्तmेल–कारागार सडक मर्मत गरिए पनि तत्काल मुढे हुर्लुङ खण्डको सडक मर्मत गर्नुपर्ने देखिन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology