समायोजन खवर – असोज ५ खोटाङ,
खोटाङका पत्रकार बद्री आचार्यलाई पितृ शोक परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पत्रकार आचार्यका पिता लक्ष्मीप्रसाद आचार्यको ८५ वर्षको उमेरमा निधन भएको हो ।
दम, खोकी लगायतका समस्याका कारण वर्षदिन यता थलिएका आचार्यको बुधबार दिउँसो निवासमै मृत्यु भएको हो । आचार्यको बिहिबार दाससंस्कार गरिएको छ । आचार्यलाई पितृ शोक परेकामा पत्रकार सम्वद्ध संगठनले दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ शाखाका साधारण सदस्य आचार्यको माताको पनि ६ महिनाअघि मृत्यु भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology