• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश २ मा मतदान सम्पन्न, झण्डै ७३ प्रतिशत मत खस्यो

प्रदेश २ मा मतदान सम्पन्न, झण्डै ७३ प्रतिशत मत खस्यो


समायोजन खबर
  • सोमबार, असोज २ २०७४

  • २ असोज, काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

    वीरगञ्ज लगायतका स्थानमा भने अझै मतदान जारी छ । मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई मतदान गर्न दिइने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

    प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेको थियो । तर, स्थानीयले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् । आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवका अनुसार झण्डै ७३ प्रतिशत मत खसेको अनुमान गरिएको  छ ।

    बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई-तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो ।

    प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

    केही स्थानमा भने फर्जी मतदाता भेटिएका छन् । महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका प्रहरीले जनाएको छ । सप्तरीमा अर्काको नाममा मतदान गर्न खोज्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रदेश २ मा मतदाता रहेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका साथै राजपा शीर्ष नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा लगायतले पनि मतदान गरेका छन् ।

    तर, पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदानमा भाग लिएनन् । उनी धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका मतदाता हुन् ।

    यस्तै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने मतदान गरेनन् । उनी स्वास्थ्यको कारण देखाउँदै आइतबार मात्र काठमाडौं फर्किएका थिए । ठाकुर सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् । साभार, अनलाईनखवर

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology