चिसाङ शेर्पा असोज÷२ खोटाङ,
नेपालमा भईरहेको सबैभन्दा ठूलो सांगितिक रियालटिी सो ‘नेपाल आईडल’का प्रर्तिस्पर्धी बुद्ध लामालाई ग्राण्ड फिनालेमा जिताउन खोटाङको नुनथलामा भोट गर्ने÷गराउने कार्य तिव्र पारिएको छ । एपी वन टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आईडलका ३ आईडल मध्येका लामालाई अत्याधिक भोट गरिदिन घरदैलो अभियान सुरु गरिएको हो ।
आगामी शुक्रवार कतारको दोहास्थित सनया ग्राण्डमलको एमपी थियटरमा हुने ग्राण्ड फिनालेमा बुद्धलाई ‘नेपाल आईडल’ बनाउँनका लागि रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का साविकका सवै वडाहरुमा बुद्धका लागि भोट गरिदिन आमावुवा, दाजुभाई, दिदीवहिनीहरुमा अनुरोध गरिएको अभियानका अभियान्ता विशाल तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार यो शिलसिला शुक्रवार ५ वजेसम्म चल्नेछ

आईडलका ३ प्रर्तिस्पर्धी बुद्ध लामा, प्रताप दास र निशान भट्टराईका लागि गत विहीवार राती ९ ः ४५ वजेवाट आगामी शुक्रवार साँझ पाँज वजेसम्म भोट खुला गरिएको छ । बुद्धका लागि भोट गर्न मोवाईलको म्यासेज वक्समा लामाको भोटिङ कोड ०३ टाईप गरी ३५२२५ मा सेण्ड गरेर भोट गर्न सकिन्छ । विदेशवाट नेपाल आईडलको फिनाली एप डाउनलोड गरी एउटा एपवाट ५० वटा भोट गर्न सकिने व्यवस्था छ ।
दर्शकहरुको अत्याधिक भोट पाएर टप थ्रीमा पुगेका बुद्धलाई सक्दो भोट गरेर नेपालको ‘नेपाल आईडल’ बनाईदिन स्थानीयवासी समक्ष अपिल गरिएको नेपाली कांग्रेस नुनथलाका अध्यक्ष जगविर तामाङले बताए । अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एशोशिएसन कतारको संयुक्त आयोजनामा नेपाल आइडलको फिनाले शुक्रवार दोहास्थित सनया ग्राण्डमलको एमपी थियटर कतारमा हुँदैछ । त्यहाँ १५ हजार दर्शक अटने क्षमता रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology