चिसाङ शेर्पा÷ भदौ २४ खोटाङ,
खोटाङ कांग्रेसले आगामी मंसिर १० गते हुने भनिएको संघ र प्रदेशसभाको निर्वाचनको पुर्वतयारीकारुपमा जिल्लाका नौ पालिकामा शनिबार १०३ औं बिपी जयन्ती मनाएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये बराहपोखरी गाउँपालिका बाहेकका पालिकामा जयन्ती मनाउनका लागि जिल्लाका अधिकांश नेता पुगेको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताउनुभयो ।
जयन्तीकाक्रममा भेला हुने कांग्रेस नेता तथा कार्यकर्ताको बिचमा कार्यकर्ता प्रशिक्षण, स्थानीय तहको निर्वाचनको समिक्षा, संघ र प्रदेशको निर्वाचनको तयारीका लागि रणनिती निर्माण गर्दै परिणाम आफ्नोपक्षमा पार्नका लागि आधार निर्माणका काम गरिने कांग्रेसले जनाएको छ ।
संघ र प्रदेशको निर्वाचनको तयारीका लागि कांग्रेसले तत्काल संगठन सुढृढिकरण अभियान चलाएर ३० हजार कार्यकर्तालाई नयाँ साधारण सदस्यता वितरण गर्ने जनाएको छ । निर्वाचन तयारीकै लागि कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा भदौ २७ र २८ गते बराहपोखरी गाउँपालिकामा प्रशिक्षण कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology