• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्काभेटरले लडाएको ढुंगाले लाग्दा ज्यान गुमाएका परिवारलाई रकम

स्काभेटरले लडाएको ढुंगाले लाग्दा ज्यान गुमाएका परिवारलाई रकम

बिमावापत ५ लाख र राहत स्वरुप १ लाख ५० हजार


दमन राई
  • सोमबार, भाद्र १९ २०७४

  • सांकेतिक तस्विर ।

    भदौ १९ खोटाङ,
    चार महिनाअघि स्काभेटरले लडाएको ढुंगाले हिर्काउँदा ज्यान गुमाएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान की ४२ वर्षीय कुरुङसरा राईको परिवारले साँढे ६ लाख पाएका छन् । सडक खन्नेक्रममा स्काभेटरले लडाएको ढुंगाले लागेर गत बैसाख १९ गते ज्यान गुमाएकी राई परिवारलाई स्काभेटर सञ्चालक तावा साप्सु कन्ट्रक्सनले तेश्रोपक्ष बिमावापत ५ लाख र राहत स्वरुप १ लाख ५० हजार प्रदान गरेको हो । घट्ना लगत्तै डेढ लाख दिएको स्काभेटर सञ्चालक राम सामपाङले शुक्रबार मृतकका श्रीमान केदार राईलाई तेश्रोपक्षबाट बीमावापत ५ लाख प्रदान गरेका हुन् ।

     

    स्काभेटरले लडाउँदा रुखमा अल्झिएको ढुंगा अकस्मात लडेर लाग्दा बाख्रा गोठालो गरिरहेकी राईको घट्नास्थलमै मृत्यु भएको थियो । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी–महादेवबेँसी जोड्ने सडक निर्माणकाक्रममा प्रयोग गरिएको स्काभेटरले लडाएको ढुंगाले राईलाई किचेको थियो । महादेबस्थान घर भए पनि उनी हलेसी महादेबगुठीको जग्गा कमाउनेक्रममा महादेबबेँसीमा गोठ बनाएर बस्दै आएकी थिइन् ।

    यसैबीच, सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस जेठ २९ गते राती हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा दुर्घटना हुँदा ज्यान गुमाएका रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित बिश्वकर्माको परिवारले भने हालसम्म बीमावापतको रकम बुझेका छैनन् । मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बा २ ख ७०७१ नम्बरको बस मोडको भित्तामा ठोक्किँदा नावालक झ्यालबाटै उछिट्टिदा घट्नास्थलमै मृत्यु भएको थियो । मृतक नावालक परिवारले मध्यपहाडी यातायात व्यवसायीबाट २५ हजार बाहेकका रकम नपाएको बताएका छन् । मध्यपहाडीका खोटाङ संयोजक धनीराम राईले भने वीमा कम्पनीको नियम अनुशार पिडितको नाममा प्रशासनमा एक लाख जम्मा गरिदिएको बताए ।

     

    प्रशासनमा जम्मा भएको रकम दावी गरिएभन्दा थोर भएकाले पिडित परिवारले अझै पनि नबुझेको जनाइएको छ । पिडित परिवारले क्षतीपुर्ती माग गर्दै सडक बन्द, मध्यपहाडीको सवारी साधन सञ्चालनमा रोक लगायतका विरोधका कार्यक्रम गरेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology