
भदौ÷१४ खोटाङ,
खोटाङमा सडक सञ्जालसंगै विकास र सुविधा दिनानु दिन बढ्दो क्रममा रहेको छ । खच्चर र भरियावाट गाँसवासका लागि आवाश्यक सामग्री ढुवानी गर्नुपर्ने विकराल समयलाई चिर्दै सडकले दैनिक जिवन सरल र सहज बनाएको छ । हप्तादिन लगाएर तराईबाट आउने सामग्रीहरु एक दिनमा खोटाङमा आईपुग्ने वातावरण सिर्जना भएको छ । एक हिसाबले खोटाङका स्थानीयका लागि सडक जिन्दगी बचाउँका निम्ती बरदान साबित भएको तथ्य हामीले नियालीरहेका छौ ।
“ सदरमुकाम नजिक रहेको लामीडाडाँ, खानीडाडाँ विमानस्थलसम्म स्ट्रेचरमा असक्तm विरामीलाई अन्यत्र रेफर गर्न समेत घण्टौ लाग्ने बाटोहरु अहिले मिनेटमा परिवर्तन भएको छ । सिरानीमा २ लाख राखेर सुत्नुपर्ने समस्या ह्वात्तै घटेको छ भने हप्तामा २÷४ पटक बिरामी लिन आउँने हेलिकोप्टर खोटाङमा देख्न छोडिएको छ ।”
विरामीलाई सुविधायुतm ठूला अस्पतालमा र्पु¥याउन नपाई बाटोकै कारण आफन्त गुमाएकाहरु आजको अवस्थालाई नियालेर सुविधाको ढोका खुल्न थालिसकेको ठोकुवा गर्न थालेका छन् । सदरमुकाम नजिक रहेको लामीडाडाँ, खानीडाडाँ विमानस्थलसम्म स्ट्रेचरमा असक्तm विरामीलाई अन्यत्र रेफर गर्न समेत घण्टौ लाग्ने बाटोहरु अहिले मिनेटमा परिवर्तन भएको छ । सिरानीमा २ लाख राखेर सुत्नुपर्ने समस्या ह्वात्तै घटेको छ भने हप्तामा २÷४ पटक बिरामी लिन आउँने हेलिकोप्टर खोटाङमा देख्न छोडिएको छ । सडक स्तरोन्नतीले गति लिदै गर्दा सडकमा एम्बुलेन्सहरु प्रशस्त मात्रामा देखिन थालेको छ । गाउँ, टोल, समाज र शहरको मुहार फेर्नमा सबैभन्दा ठूलो भुमिका सडक हुने गरेको छ । सडकविना धेरै कुराहरु सम्भव हुन्न । पुर्वी पहाडी खोटाङमा सडक सुरु भएको लामो समय नभए पनि धेरैको जिवनलाई सडकले कायापलट गरिदिएको छ ।
खोटाङ बुईपाका मनकुमार राई जिवन निर्वाहका लागि उदयपुरको माथिल्लो भेगमा ईलेक्ट्रोनिक्स व्यवसाय गर्थे । डोकोमा सामान वोकेरे ढुवानी गर्दा टुट्ने फुट्ने समस्यावाट हैरान बनेका राईले २०७० वाट पेशा नै फेरे । आफ्नै ठाउँ बुईपास्थित पञ्चदोवाटोमा सानोतिनो मोटरसाईकल वर्कसपवाट नयाँ व्यवसाय सुरु गरेका राईले सडक स्तरोन्नतीसंगै ०७२ चैत्र २८ देखी रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ महुरेमा सेटनेट अटो कनेक्सन प्राईभेट लिमिटेड सुरु गरेका हुन । महुरेमा स्थान्तरण गरेसंगै कामदार २ जना राखी सञ्चालन भईरहेको वर्कसपले सोचे सरह कमाई गरीरहेकोे सेटनेट अटो कनेक्सन प्राईभेट लिमिटेडका सञ्चालक मनकुमारले बताए । मासिक १ लाखको हाराहारीमा कमाई हुने तथा कामदार, सामाग्री खरिदको विल भुतmानी गर्दा मासिक ६० हजार कमाई हुने गरेको उहाँको भनाई छ । सडकले कामदारवाट मालिक बनाईदिएको उनी बताउँछन् ।
दिक्तmेल वोडिङ स्कुल, र्कितिपुर ल्याव्रोटरी काठमाण्डौ र हिलसाईड स्याम्पल एकेडेमी खोटाङका प्रधानाध्यापक समेत वनेका दिक्तmेल २ का फुर्वा शेर्पाले आफ्नो शिक्षण पेशा त्यागेर खोटाङ अक्वा मिनिरल वाटर उधोग सुरुवात गरे । अहिले उनको दैनिकी उधोगमा हुन्छ । हप्तामा एकपटक उनको काम दिक्तmेल, हलेसी, जयरामघाटमा अर्डर अनुसारको पानी र्पु¥याउने काम हुन्छ । पानीवाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिनिरल वाटर वजारमा १ लिटरको वोतलमा विक्री भईरहेको उहाँ बताउनु हुन्छ । ०७१ वाट कानुनी प्रक्रिया अगाडी वढाएर खोटाङको ईतिहासमा पहिलोपटक पानी प्रशोधन उधोग सुरु भएको हो । रुपाकोट मझुवागढी नगरपालिका २ वातल हुर्लुङवाट ०७३ देखी ‘मिरमिरे जल’ नामक प्रशोधित पानी वजारमा विक्री गर्न थालेका शेर्पालाई सडकले यस स्थानमा र्पु¥याएको हो ।

दिक्तmेल, हलेसी, जयरामघाट प्रशोधित पानीको पहिलो व्यापरिक केन्द्र हो । प्रति कार्टुन २ सय रुपैयाँका दरले विक्री हुने पानीको माग वजारमा उच्च मात्रामा रहेकोे छ । बिहान १० देखी ४ बजेसम्म दैनिक १ सय ५० कार्टुन पानी बनाउँने गरेको उहाँले बताउनुभयो । काठमाडौ, कटारी, धरानमा पानीको माग भए पनि ढुवानीमा आर्थिक भार बढ्ने समस्याले तत्काललाई त्यस ठाउँमा पानी ढुवानी गर्न नसकिएको मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए । ०६० मा विवाह गर्नुभएका उहाँले यही पेशावाट ७ जना कामदारलाई रोजगारी र ३ जना छोराछोरीलाई वोडिङ पढाईरहेका छन् ।
वन्दकोपी व्यावसाय छोडी पाथेका ५ का कमला राईले सदरमुकाम दिक्तmेस्थित रत्नपार्कमा ६ सय रुपैयाँ सापटी गरेर चटपटे बेच्न सुरु गरिन् । चटपटे विक्री गरेरै अहिले होटल सञ्चालन गरिरहेका राई विहान ६ वजेदेखी साँझ अबेरसम्म होटलमै खटिने गर्छिन् । चटपटेवाट व्यावसाय सुरु गर्नुभएका राईको जिवन २ वर्षमा सडकले छर्लङ फेरीदिएको छ । १४ वर्षअघि मलेसिया पुगेका श्रीमानको कुनै सहयोग नपाए पनि होटल व्यावसाय गरेर १ जना वोर्डिङ, २ जना बच्चालाई सरकारी विद्धालयमा पढाई रहेका छन् । ‘जति खट्न सकियो त्यति नै नाफा हुन्छ, यो मौका सडकले दिएको उनी बताउँछन् । सडककै कारण जिन्दगी फेरिएको सुनाईन ।
दोर्पा ९ चिउरीडाडाँका उर्मिला विश्वकर्माले खेतीपातीसंगै गाउँमा किराना र कपडा पसल चलाईन् । चित्त बुझ्दो नभएपछि उनी श्रीमानसहित दिक्तmेल आई रत्नपार्कमा चटपटे बेच्न थालिन् । गत वर्षको फागुनवाट सानो टेवल राखेर चटपटे वेचेरै दिनमा ५ सयभन्दा माथी कमाई हुने बताईन् । ‘श्रीमान डकर्मी काम गर्नु हुन्छ, उहाँको मात्र कमाईले परिवार धान्न समस्या भएपछि यो व्यावसाय गर्न थालेका विश्वकर्माले बताए ।’ सदरमुकाम दिक्तmेलस्थित रमितेडाडाँमा डेरा लिएर परिवारसहित रहनुभएका उहाँले चटपटे विक्री गरेकै पैसाले ४ जना छोराछोरीहरु सरस्वती उच्च मा.वि दिक्तmेलमा पढाईरहनु भएको छ । घरायसी कामकाज सकेर सदरमुकामस्थित रत्नपार्कमा मध्यान्ह १२ वजेदेखी ५ वजेसम्म ठेलीमा चटपटे वेच्न आफुलाई सडकले अवसर दिएको बताउनुभयो । विगतका कुरालाई सम्झदै उनले थपे ‘सडक नआएको भए त जिन्दगी चलाउन साह्रै मुश्किल हुने थियो ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology