• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका यातायातमा मनपरी किन ?

खोटाङका यातायातमा मनपरी किन ?


समायोजन खबर
  • सोमबार, भाद्र १२ २०७४

  • चिसाङ शेर्पा भदौ÷१२ खोटाङ एक महिना अघि असार २९ गते जयरामघाटवाट दिक्तmेलसम्म ३६६८ नम्बरको बलेरो जिपले विना टिकट जिपभरी यात्रु लिएर दिक्तmेल आए । मलेसियाबाट काठमाडौ हुंदै खोटाङ आएका नुनथला १३ का फुर्वा शेर्पाको भुलवस एक थान सामान जिपमा छुट्यो टिकट नहुंदा सामान खोज्नलाई ठूलो समस्या भयो । ‘आफुहरुले टिकट माग्दा नि काम चल्छ भन्दै चालकले टिकट नदिंदा आफुलाई छुटेको सामान लिन हैरान भएको उनले बताए । नजिकैको प्रहरीचौकी नुनथलामा गाडी चेकीङको रेकर्ड मागेर चालक प्रकाश गुरुङलाइ फोन गरेपछि एक घण्टामा सामान हात लाग्यो ।’

     

    गत साउन ३२ मा बिजयखर्कका ८३ बर्षिय बल बहादुर कार्की भुकम्पको राहत लिन दिक्तmेल गएर हुर्लुङ–पानीट्याङकी हुंदै महुरेसम्मका लागि बा.३ ख २९५६ नम्बर गाडीको टिकट लिनु भयो । टिकट काउण्टरमा मौखिकरुपमा गाडीमै बाँकी पैसा फिर्ता दिने भनेपछि उनी गाडी चढे, बिच बाटोमा सहचालकले टिकट चेक गर्दा बाँकी भनि टिकटमा नलेखिएको भन्दै बाँकी पैसा फिर्ता दिएनन् । ‘काउण्टरका एलिसन राईले टिकट नम्बर १७७५२ टिकट कटाएर आफुलाई पैसा दिन्छ भनि ढाँटेको बृद्ध कार्कीले सुनाए । बल्लतल्ल भुकम्पको अनुदान परेको छ, प्रक्रियागत काम मिलाउन नै गाह्रो छ त्यहीमाथी दिनदहाडै गाडीमा आफु ठगिंदा यातायात व्यावसायीप्रती घृणा जागेको उनले बताए ।’

     

    रत्नराज्य लक्ष्मी मा.वि कुभिण्डेमा कक्षा ९ मा अध्ययनरत कुभिण्डेका १२ बर्षिय महेन्द्र चाम्लिङ ३ जना गाउँले दाईहरुसंग किनमेलका लागि दिक्तmेल गए । बस चढेर घर फर्कने निधो गरेर रत्नपार्कस्थित काउण्टरमा तीन जनाको दाईहरुले टिकट लिएको र काउण्टरका ब्यतिmले आफ्नो लागि भाडा नलाग्ने बताएपछि दाईहरुसंगै आफु गाडी चढेको उनले बताए । सिटमा बसेको भाडा माग्दै बा.३ ख २९५६ नम्बर गाडीका ‘राहुल’ नाम बताउने सहचालकले अपशब्द प्रयोग गर्दै जर्बजस्ती भाडा मागेको चाम्लिङका दाई नवराज नेपालीले बताए । ‘सहचालकका अलवा मदिरापान सेवन गरेका एक ब्यतिmले ( नाम नबताउने शर्तमा) गाडीभित्रै ‘भाडा तुरुन्त दे बाउको गाडी हो’ भन्दै पिट्न खोजेको उनले सुनाए । खोटाङका यातायातमा चरम लापारवाही छ उनले भने, राम्ररी माग्दा त भाडा दिन्छौ नि ? ’

     

    यी माथीका यातायातमा भेटिने केही प्रतिनिधी पात्र मात्रै हुन् । दिक्तmेल–काठमाडौ, कटारी–दिक्तmेलसम्मको गाडीको यात्रामा चालक, सहचालक, वस व्यावसायीको दादागिरीका कारण मनपरी भाडा असुल्ने गरेको पाईएको छ । दिक्तmेल जयरामघाटमा बस छुट्ने वेलामा काउण्टरका प्रतिनिधी बसका सहचालक विचमा लोकल यात्रुहरु तानातान हुंदा झगडासम्म हुने गरेको पाईन्छ । खोटाङमा बस जीप व्यावसायी र स्थानीय प्रसाशनको सर्वदलिय छलफलवाट सडकको अवस्था अनुसार बर्षमा दुईपटक भाडादर तोकिने गरेको छ । यद्यपी, निश्चित ठाउँको लाग्दो भाडा नलिने गरेको पाईन्छ । टिपको होडबाजीका कारण यात्रुले टिकट माग्दा समेत जिपका चालकहरुले टिकट दिन नमान्ने गरेको हो । ‘टिकट पाउनु यात्रुको अधिकारको कुरा हो, दुर्घट्ना भए पहिचान तथा क्षतीपुर्तीमा टिकटको ठूलो भुमिका हुन्छ । विना टिकट यात्रु बोक्नु गैह्र कानुनी हो भन्ने चेतना गाडी चालकहरुमा नहुंनु तथा सहचालकमा सभ्य भाषाको कमी हुंदा यस्तो स्थिती सिर्जना भएको यात्रुहरुको भनाई छ ।’ यस्तो स्थितीलाई सल्टाउन सम्बन्धीत पक्ष अगाडी सर्नु आवाश्यक छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology