काठमाडौं,२० असार । दोस्रो चरणको चुनावमा पनि नेकपा एमालेले १०० बढी स्थानीय तह जितेको छ । सोमबार विहान एमालेले पछिल्लो मत परिणाम अनुसार १०१ स्थानीय तहमा जित हासिल गरेको हो । अहिलेसम्म २३४ स्थानीय तहको नतिजा बाहिर आएको छ ।

एमालेले प्रदेश नम्बर १ मा ४७ स्थानीय तह जितेको छ । प्रदेश नम्बर ५ मा २५ र ७ मा २९ स्थानीय तह जितेको छ ।
एमालेलाई कांग्रेसले एमाले ८९ स्थानीय तह जितेर पछ्याइरहेको छ । दोस्रो चरणको चुनावको मतपरिणाम एमाले १०३,कांगेस ९०,माओवादी केन्द्र ३० स्थानमा जितेको छ ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिले ६ स्थानीय तह जितेका छन् । फोरम लोकतान्त्रिकले २ र राष्ट्रिय जनमोर्चाले २ स्थानीय तह जितेको छ । पहिलो चरणमा एमालेले १२५ स्थानीय तह जितेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology