यही २०१७ अक्टोम्बर ८ र ९ तरिकका दिन नेपालमा आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलनको बिषयमा नेपाल शेर्पा संघका अध्यक्ष तथा विश्व शेर्पा संघका संयोजक ए. डी लामा शेर्पा ज्यू सँग समायेाजन खबरका लगि सोनाम याङजी शेर्पाले गरेको कुराकानी ।

यहाँहरुले नेपालमा विश्व शेर्पा सम्मेलन गर्न लाग्नु भएको छ, यसको तयारी कसरी अगाडी बढी रहेको छ ?
यहाँहरुलाई पक्कै जनाकारी भएकै हुनुपर्छ २०१६ डिसेम्बरमा सबै देशको संघ सस्थाहरुसँग अनलाईन बैठक बस्दा हाम्रो भाषा, धर्म, संस्कार, सँस्कृतिलाई एकरुपता ल्याउनका लागि के गर्न सकिन्छ भन्ने सन्र्दभमा एउटा प्येलेट फमको आवश्यक्ता महसुस गर्दै सबै देशमा रहेका शेर्पा संघ, संस्थाहरु सदस्य रहने गरी विश्व शेर्पा संघ तदर्थ समिति गठन गरी कार्यक्रहरु अगाढी बढी रहेको छ र यही आउदो अक्टोम्बर महिनामा नेपालमा सम्मेलन गर्ने निर्णय भए अनुसार यसको तयारी अगाडी बढी रहेको छ ।
पहिलो पटक आयोजना गर्न लागेको विश्व शेर्पा सम्मेलन किन नेपालमा नै गर्दै हुनुहुन्छ ?
यसमा चही मुख्यत दुई तीन ओटा कारणहरु छन् । एक त पहिलो पटक अन्य देशमा आयोजना गर्दा आवत जावतको समस्य हुन्छ भने अर्को हरेक दुई बर्षमा एन. आर. एन को अधिवेशन नेपालमा नै हुने र त्यस समयमा गर्दा विदेशबाट आउनु हुने प्रतिनिधिको लागि एउटै समयमा दुई वटा काम हुने भएकाले समयको समेत ख्याल गर्दै नेपालमा यो सम्मेलन अक्टोम्बर मै गर्न लागेको र अर्को त पछिल्लो समयमा जुन सुकै देशले आयोजना गर्न सक्ने र केही समयको लागि चही नेपालमा नै सहज हुने हुनाले नेपालमा नै आयोजना गर्ने निर्णय भएको हुनाले नेपालमा नै आयोजना गर्न लागेको हो । पछि गएर जुनसुकै देशमा गर्न सकिन्छ ।
समुदायमा शेर्पा संघले विभिन्न गतिविधिहरु गर्दा गर्दै विश्व शेर्पा सम्मेलन गर्दै हुनु हुन्छ यस्को मुख्य उदेश्यहरु चही के छ ?
सन् १९९० देखिनै शेर्पाहरु आफ्नो थातथलो छोडेर रोजगारी, अध्ययन तथा अन्य विविध शिलशिलामा विदेशिएका छन् भने बीस तीस वर्षको अन्तरालमा शेर्पाहरु त्यही देशका नागरिकता लिएर बस्नेको संख्या बृद्धि भएको छ, त्यस्तै उनीहरुका छोराछोरीहरु त्यही देशमा नगारिक भएर बसेका छन् । उनीहरु नेपालको नागरिक भएता पनि त्यस देशको नागरिकता लिएपछि त्यस ठाउँमा आफ्नो छुटै अस्तित्व हुने भएको हुनाले सबै देशमा भएको शेर्पाहरुलाई एकरुप गरी भाषा, धर्म, संस्कृतिलाई एकरुपता दिन सकिन्छ र बिकृतिलाई नियन्त्रण गर्नका लागि सहयोग पुग्ने हुनाले नै यो सम्मेलन आयोजना गर्न लागेको र यसको समुदायमा एकदमै महत्वपूर्ण रहेको छ ।
विश्व शेर्पा संघले आगामी दिनमा के कस्ता कार्ययोजनाहरु लिएर अगाडि बढ्छ ?
विश्व शेर्पा संघले विश्वमा छरिएर रहेका शेर्पाहरु बीचमा रहेको धर्म संस्कृतिलाई कसरी एकरूपता गर्न सकिन्छ त्यसैगरी समाजमा देखिने बिकृति बिसंगतिहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बिषय नै विश्वमा शेर्पा संघको कार्ययोजना रहेको छ ।
यो सम्मेलनमा कुन कुन देशको शेर्पाहरुलाई समेटेर लैजानु हुन्छ र समुदायमा स्थापित विभिन्न संघ संस्था तथा किदुकहरुलाई कसरी समेट्नु हुन्छ ?
यो पहिलो सम्मेलन भएको हुनाले यसमा कुनै नियम त बनाएका छैन तै पनि जुन देशमा किदुग तथा संघसंस्थाहरु स्थापना भएका छन् त्यस किदुग तथा संस्थाहरुबाट प्रतिनिधिहरु आउन सक्नु हुन्छ गठन नभएका देशहरुबाट व्याक्तिगत रुपमा आउन सक्नु हुन्छ भने जुनसुकै देशमा भएका शेर्पाहरुले यो सम्मेलनमा भाग लिन सक्नु हुनेछ ? किदुग तथा संघ संस्थाहरुलाई कसरी समेटेर लैजाने के गर्ने भन्ने पछिल्लो दिनमा कसरी जाने भन्ने बिषयमा हामी पहिलो सम्मेलनबाट नै छलफल गरेर अगाडी बढ्छाँै । यो पहिलो सम्मेलनमा चहि जति पनि किदुगहरु छन् सबै किदुगका प्रतिनिधिहरु आउन सक्नुहुन्छ र आउनु पनि हुन्छ ।
यो सम्मेलन निरन्तर आयोजना हुन्छ कि विश्व शेर्पा संघ गठनका लागि मात्रा केन्द्रित भएर गर्न लाग्नु भएको प्रष्ट पारिदिनुहोस न ।
बिशेष गरि यो बिषयमा हामी पहिलो सम्मेलनबाट नै निर्णय गर्छौ तर अहिले तदर्थ समितिको छलफलमा चहि सम्भव भएमा प्रतेक दुई–दुई वर्षमा विश्वको जुनसुकै ठाउँमा भएपनि उपयुक्त ठाउँमा आयोजना गर्न सकिन्छ । र यसरी प्रतेक दुई–दुई वर्षमा विश्व सम्मेलन गर्दै जाँदा हाम्रो समुदायमा के कस्ता समस्य छन् ? र कसरी एकिकृत भई अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा छ । हामीले कम्तिमा दुई–दुई वर्षमा बनेका छौँ र यसलाई सम्मेलनमा छलफल गरी सम्मेलनबाट परित भएको निर्णय अनुसार नै अगाडी बढ्छाँै ।
यहाँहरु सम्मेलनको तयारी गर्दै गर्दा विश्वभर कुन कुन देशमा शेर्पाहरु बसोबस गर्दै आएका छन् आधिकारिक तथ्यांग पक्कै होला जनाकारी गराई दिनुहोस न ।
यस बिषयमा कुरा गर्द नेपालको सन्र्दभमा हेर्ने हो भने २२ वटा जिल्लामा आधिकारिक रूपमा संस्थाहरु गठन भएको छ । विदेशमा प्राय सबै देशहरुमा शेर्पाहरु पुगेका छन् भने २५÷२६ वटा देशमा किदुग तथा संस्था गठन भएका छन् भने संस्था गठन प्रकृया अगडी बढी रहेको छ र अहिले नेपालको शेर्पाहरु विशेष गरि धेरै जनसंख्यमा ३० वटा देशहरुमा बसोबस गर्दै आई रहेको र अन्य देशहरुमा पनि रहेको छ ।
विश्वभर छरिएर रहेका शेर्पाहरुलाई एक रुपता गर्न जति आवश्यक छ त्यति नै चुनौति पनि छन् सम्मेलनको तयारीमा लग्दा के कस्ता चनौति देख्नु भएको छ ?
विश्व शेर्पा सम्मेलनकै लागि चहि त्यति चुनौति देखिएन किनभने यसमा सबै देशका शेर्पाहरु उत्साहित छन् यसले गर्दा पनि कुनै त्यास्तो चुनौति देखिएन ।
विश्व शेर्पा सम्मेलनमा ग्रामिन क्षेत्रमा रहेका शेर्पाहरुलाई कसरी समेट्नु हुन्छ ?
यो पहिलो सम्मेलन भएको हुनाले यसमा कुनै नियम त बनाएका छैन तै पनि जुन देशमा किदुग तथा संघसंस्थाहरु स्थापना भएका छन् त्यस किदुग तथा संस्थाहरुबाट प्रतिनिधिहरु आउन सक्नु हुन्छ गठन नभएका देशहरुबाट व्याक्तिगत रुपमा आउन सक्नु हुन्छ भने जुनसुकै देशमा भएका शेर्पाहरुले यो सम्मेलनमा भाग लिन सक्नु हुनेछ ? किदुग तथा संघ संस्थाहरुलाई कसरी समेटेर लैजाने के गर्ने भन्ने पछिल्लो दिनमा कसरी जाने भन्ने बिषयमा हामी पहिलो सम्मेलनबाट नै छलफल गरेर अगाडी बढ्छाँै । यो पहिलो सम्मेलनमा चहि जति पनि किदुगहरु छन् सबै किदुगका प्रतिनिधिहरु आउन सक्नुहुन्छ र आउनु पनि हुन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology