• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोलुखुम्बुको तिङला गाउँ चुनाव बहिस्कारको पक्षमा

सोलुखुम्बुको तिङला गाउँ चुनाव बहिस्कारको पक्षमा


समायोजन खबर
  • आइतबार, असार ४ २०७४

  •  

    असार, सोलुखुम्बु सधैं विद्रोहीको पहिचान बनाएको रोल्पाको विद्रोही गाउँ थवाङ योपटक चुनावमा होमिएको यतिसम्म कि चुनाव बहिस्कार गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि थवाङमा स्वतन्त्र उम्मेदवार खडा गरेको


    तर, सोलुखुम्बुको तिङला गाउँ यसपटकथवाङ पथमा लागेको यो गाउँ सोलुको नेचासल्यान गाउँपालिकामा पर्छ तिङला पहिले सिंगै गाविस थियो अहिले नेचासल्यान गाउँपालिकाको वडा नम्बर बनेको तर, यो सिंगै गाउँ चुनाव बहिस्कारको पक्षमा उभिएको

    स्थानीय तहको सीमांकनलाई लिएर तिङला असन्तुष्ट स्थानीय तह पुनर्संरचनाका क्रममा नेपाली कांग्रेस बाहेकका दलले तिङलालाई सदरमुकाम रहेको सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए , त्यही सिफारिस भएको थियो

    तर, कांग्रेसले त्यसमा सहमति जनाएन आयोगले पनि कांग्रेसको माग अनुसार नेचासल्यानतिरै राख्यो

    यसको विरोधमा स्थानीयबासीले संघर्ष समिति बनाएर ५र६ महिनादेखि आन्दोलन पनि गर्दै आएका थिए

    तिङला गाउँबाट सदरमुकाम झण्डै आधा घन्टाको दुरीमा तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढरदुई घन्टाको दुरीमा त्यसैले यो मागमा गाउँबासीहरु सबै एक छन्

    माग सम्बोधन नभई चुनाव हुन लागेपछि त्यहाँनो भोटअभियान समेत चलाइएको

    जब बलबहादुर केसी सुटुक्क तिङला पुगे

    गाउँबासीहरु असन्तुष्ट भइरहेका बेला चुनावको तयारीका क्रममा नेपाली कांग्रेस सांसद बलबहादुर केसी सुटुक्क तिङला पुगे केसीले प्रहरी स्थानीय प्रशासनलाई समेत जानकारी गराएका थिएनन्
    उनले टंकबहादुर कार्कीलाई वडा नम्बर को वडाध्यक्षको उम्मेदवार बन्न राजी गराए केसीको दाउ थियो, उम्मेदवारी दर्ता गराउन पाए कार्की निर्विरोध वडाध्यक्ष हुनेछन्

    तर, उम्मेदवारी दर्ताका लागि जाने क्रममा संघर्ष समितिका कार्यकर्ताले कार्कीलाई गाउँमै रोकेका छन्

    कांग्रेस सांसद केसीले कार्कीलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरेका छन् त्यहाँबाट इन्स्पेक्टरको नेतृत्वमा तिङलामा टोली गएको प्रहरी टोली गइसकेको प्रहरी जिल्ला अधिकारी उमेश पाण्डेले अनलाइनखबरसँग भने

    तिङलाबासीले पहिलो प्रयास बहिस्कारको हुने बताएका छन् यदि कांग्रेसले उम्मेदवारी दिएमा संघर्ष समितिको तर्फबाट स्वतन्त्र उम्मेदवार बनाउने सम्भावना रहेको एक स्थानीयले बताए

    तिङलामा मात्र झण्डै हजार मतदाता छन् त्यहाँ मतदान केन्द्र तोकिएको – onlinekhabar

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology