• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टोकियोमा नेपाली फुटबल प्रशिक्षकहरुलाई सम्मान

टोकियोमा नेपाली फुटबल प्रशिक्षकहरुलाई सम्मान


समायोजन खबर
  • बुधबार, जेष्ठ ३१ २०७४

  • १४ जुन,टोकियो । नेपाली फुटबलको गुणत्मक बिकासको लागि विशेष प्रशिक्षणमा जापान आएका पॉच फुटबल प्रशिक्षकहरुलाई मगलबार टोकियोमा  सम्मान गरिएको छ ।

    उनिहरुलाई डेमसाईड फुटबल क्लब सहितको एक दर्जन संघ संस्थाहरुले स्वागत सहित सम्मान गरेका हुन् । नेपालि फुटबलमा पहिलो पटक ए लाईसेन्स प्राप्त पॉच जना प्रशिक्षकहरु जापान फुटबल संघको निमन्त्रणामा विशेष प्रशिक्षणका लागि मंगलबार जापान आईपुगेका हुन । नेपालमा रहेका १४ जना ए लेभलका प्रशिक्षक मध्ये राजेन्द्र तामाङ, यमप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठ उत्कूष्ट पॉच जनालाई जापान पठाईएको नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

    मगलबार सँझ सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा प्रशिक्षकको तर्फबाट मेघराज केसिले यो मौकाले विश्व कप खेल्ने राष्ट्रको तयारी र फुटबल बिकासको योजनाहरु नजिकबाट बुझ्न सजिलो हुने बताउदै, यसले नेपालि फुटबल बिकासमा सहयोगि बन्ने बताउनु भयो ।

    सम्मान तथा स्वागत कार्यक्रममा  प्रशिक्षकहरुलाई डेमसाईड क्लब जापानका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी रमेश गुरुङ, नेपालका पूर्व राष्ट्रिय खेलाडि बसन्त गौचन, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका उपध्यक्ष टासि लामा, तमुधि जापानका अध्यक्ष श्री गुरुङ, कास्कि पोखरा समाजका अध्यक्ष शिव पौडेल, तमुधि जापानका महासचिव अम्बर गुरुङ, सहित  एक दर्जन संघ संस्थाहरुको  तर्फबाट सम्मान गरिएको थियो ।

    एशियन कपको छनौट चरणमा रहेको नेपाली टोलिको प्रशिक्षक जापानी नागरीदास ग्योतोकु कोजु रहेका छन भने एन्फाको टेक्निकल डाईरेक्टरमा पनि जापानी नागारिक ताकेडा चियाकी रहेका छन ।

    विशेष प्रशिक्षणमा जापानमा आईपुगेका पॉच प्रशिक्षकको प्रशिक्षण जापानको सिजुओकामा  एक साता सम्म हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology