• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यसरी भयो भारत श्रीलंकासामु निरीह

यसरी भयो भारत श्रीलंकासामु निरीह


समायोजन खबर
  • शनिबार, जेष्ठ २७ २०७४

  • २७ जेठ ,काठमाडौं : इग्ल्याण्डमा जारी आसीसी ट्रफी-२०१७ अन्तर्गत बिहीबार भएको खेलमा भारत श्रीलंकासँग ७ विकेटले पराजित भएको छ । आसीसी ट्रफीलार्इ क्रिकेटको मिनी विश्वकपको रुपमा हेरिन्छ । लण्डनको केनिंटन रंगशालामा भएको खेलमा श्रीलंकाले टस जितेर पहिले वलिङ रोजेको थियो । सुरु देखिनै निकै कसिलो बलिङ गरिरहेका श्रीलंकाका बलरहरुले विकेट लिन भने सकेका थिएनन् । भारतीय टोलीका तर्फबाट ओपनर रोहित शर्मा र शिखर धावनले १३८ रनको साझेदारी गरे । श्रीलंकाले २४.५ ओभरमा बल्ल १ विकेट हात पार्न सफल भयो । मालिंगाको बलमा रोहित शर्मा ७८ रनमा क्याच आउट भए ।

     

    ५.५ ओभरमा कप्तान विराट कोहली शुन्य रनमै आउट भए । उनले पाँच बलको सामना गरेका थिए । १७९ रन बनाउँदा युबराज सिंहको विकेट लिन सफल भएको श्रीलंकाले भारतको स्कोर २६१ रन पुग्दा बल्ल १२५ रन बनाएर खेलिरहेका ओपरनर शिखर धावनको विकेट लियो । त्यसपछि आएका सबै व्याट्सम्यानले आक्रामक व्याटिङ गर्दा भारत निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२१ रनको ठूलो स्कोर खडा गर्न सफल भयो । श्रीलंकाका लागि लाथिस मालिंगाले २ विकेट लिए भने अन्य चार बलरले एक-एक विकेट लिएका थिए। 

     

    पछिल्ला खेलमा व्याटिङमा निकै कमजोर देखिएको श्रीलंकाली टोलीका लागि ३२१ रनको चुनौती पार गर्नु निकै कठीन थियो । लगभग खेल आफ्नो पक्षमा आउनेमा भारतीय टोली ढुक्क जस्तै देखिन्थ्यो ।

    ३२२ रनको लक्ष पाएर व्याटिङमा उत्रिएको श्रीलंकाको सुरुवात राम्रो हुन सकेन ४.४ ओभरमा ११ रन बनाउँदा पहिलो विकेट गुमायो १८ बलको सामना गरी ७ रन बनाएका निरुशान आउट भए त्यसपछि भने भारतीय बलर सामु श्रीलंकाका व्याट्स् म्यान हावी भए । ओपरनर दनुस्का गुणथिलका र तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कुशल मेन्डिस्ले १५९ रनको साझेदारी गर्दै श्रीलंकाली टोलीलाई जिततर्फ अग्रसर गराए । यी दुई व्याट्सम्यानले खेललाई४.४ ओभरमा ११-१ को स्थितिबाट २७.५ ओभरमा १७०-२ को स्थितिमा पुर्‍याए । ओपनर दनुस्का ७६ रन बनाएर आउट भए । त्यसपछि कुशल परेरा व्याटिङमा आए । ३२.४ ओभरमा १९६ रन बनाउँदा कुशल मेन्डिस् ८९ रनमा आउट भए कप्तान एन्जेलो म्याथुज व्याटिङ गर्न आए त्यसपछि भने भारतीय बलरले कुनै विकेट लिन सकेनन् । 

    खेलको अन्तिममा ४४ रन बनाएर खेलिरहेका कुशल परेरा घाइते भई मैदान छोडे उनको ठाउँमा असेला गुनारत्ने आए । म्याथुज र गुनारत्नेले आक्रामक व्याटिङ गर्दै ८ बल बाँकी छँदै ४८.४ ओभरमा ३२२ रन बनाई लक्ष्य हासिल गरे । म्याथुज ५२ र गुनारत्ने ३४ रनमा अविजित रही बलियो मानिएको भारतलाई हराउन सफल भए । श्रीलंकाको तीन विकेट लिने क्रममा भुवनेश्वर कुमारले निरोशानको एक विकेट लिए भने दनुक्का र कुशल रन आउट भएका थिए । कुनै बलरले पनि श्रीलंकाको विकेट लिन नसेकेपछि कप्तान विराट कोहली आफैं बलिङमा उत्रिएका थिए । ३ ओभर बलिङ गरेका उनले १७ रन दिए । 

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology