• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजनीति होईन जनताकेा सेवक बन्ने अवसरको लागि उम्मेदवारी- चक्र ठगुन्ना

राजनीति होईन जनताकेा सेवक बन्ने अवसरको लागि उम्मेदवारी- चक्र ठगुन्ना


समायोजन खबर
  • आइतबार, जेष्ठ १४ २०७४

  • बैतडी पाटन नगरपालिका वार्ड न ५ मा नयाँ शक्ति पार्टी नेपालले वार्ड अध्यक्षको लागि चक्र सिंह ठगुन्नालाई उम्मेद्वार बनाएको छ । ठगुन्ना सहितको टोली चुनाव प्रचारप्रसारको क्रममा वडाका टोल टोल र घर घरमा पुग्ने क्रम जारी छ र रहने छ। स्थानीय जनताको समर्थनको हिसावले पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार र स्वयं वार्ड अध्यक्षका उम्मेदवार बुद्दिजिवी , समाजसेवी विकासप्रेमी,जेाशिला,मिहेनति र स्वच्छ छवीका चक्र सिंह ठगुन्ना अरु प्रतिस्पर्धी उम्मेद्वारभन्दा निकै अगाडि देखिएका छन् । त्यसैले पाटन नगरपालिका वार्ड नं ५ मा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरुले निर्वाचन जित्ने लगभग निश्चित देखिएको अनुमान गरिएको छ ।

    1. ठगुन्ना भन्नुहुन्छ “सुदुरपश्चिम पिछडीएको क्षेत्रमा पर्छ तर त्यसकै भाग हाम्रो ठाउँ पनि हो त्यसैले यहाँका मुख्य समस्याहरु भनेका पहिलो प्राथमिकता भनेको खानेपानी , बाटो, बिजुली , स्वास्थ्य उपचार, विधालय चलाउने समस्या र समग्रमा गरिबी हो, त्यसैले म यि समस्याहरु जन्ताको सहयोगमा दिगो विकास र योजनाबद्द रुपमा पूरा गर्ने प्रतिबद्दता जनाउन पनि चाहन्छु । वार्डलाई आर्थिक रुपमा समृद्द बनाईने छ यसमा उत्पादनमुलक कार्यक्रम , उत्पादनमुलक सहकारी विकासको धारणा, कृषिको लागि सिंचाई र कृषिलाई रोजगारमुलक बनाउने योजना लागु गर्नेछौ”निर्वाचन प्रचारप्रसारमा व्यस्त रहनुभएका वडाध्यक्षका प्रत्यासी ठगुन्ना अहोरात्र खटने बताउँदै आफू अध्यक्षमा निर्वाचित भएपछि पाटन नगरपालिका ५ नं वडालाई पाँच वर्षभित्र स्मार्ट वार्ड , विकास र समृद्दिको नमुना वार्ड बनाउने उहाँको योजना रहेको छ । चक्र ठगुन्नाले नयाँ शक्ति पार्टी नेपालले निर्वाचन जितेपछि २४ सै घन्टा प्रत्येक टोलमा पुग्ने र जनताको समस्या सुन्ने,वस्तुस्थिती बुझ्ने र आवश्यक परेको जस्तो सुकै सहयोग गर्ने र “अरु गर्छन् कुरा हामी गर्छौ पूरा” मा प्रतिवद्धता रहेको बताउनुभयोत्यसैगरी अर्को एक प्रसँगमा चक्र सिंह ठगुन्नाले भन्नुभयो
      “म चक्र ठगुन्ना समाजसेवा गर्ने अभिलाषाका साथ आमाबुवा दाजुभाई तपाईहरुकै घरदैलोमा छु र आएको छु एक हातले समातेको मसाल चिन्हमा छाप लगाई अत्याधिक मतले वार्ड अध्यक्षमा जिताउनहोस मैले पाउने तलव भत्ता लिने छैन किनकी हामी अत्यन्त पछाडीएका छौ समाजको विकास र उत्थान पहिलो कुरा हो जुन तलव भत्ता निम्न शीर्षकमा खर्च गर्नेछु” ; दलीत जनजाती शील्पी समुहको उत्थानमा खर्च गर्नेछु, एकल महिला तथा महिला शशक्तिकरणमा खर्च गर्नेछु, गरीब असाह्य विधार्थीहरुके लागि खर्च गर्नेछु, बृद्द भत्तामा खर्च गर्नेछु र बृद्द भत्ता नपाएका बाजेबजै र आमाबुवाहरुको सामाजिक सुरक्षामा खर्च गर्नेछु, हाम्रो वार्ड भित्र कसैलाई पनि भैपरी पर्नु आउने प्राकृतिक तथा दैवीय समस्याहरुमा पर्नु आउने आर्थिक समस्यामा खर्च गर्नेछु, त्यसैगरी विभिन्न सामाजिक विकास , चेतना र जागरणका अभियानहरुमा खर्च गर्नेछु”। समग्रमा आफ्नो वार्डलाई समृद्द र विकसीत बनाउने तथा शिक्षा, स्वास्थ्य, रोजगार, र गास , बास र कपासको लागि नमुना वार्ड बनाउने काममा योजनावद्द रुपले लाग्नेछौ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology