• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संघीय समाजवादी फोरम नेपाल र मधेश समता बीच एकीकरण

संघीय समाजवादी फोरम नेपाल र मधेश समता बीच एकीकरण


समायोजन खबर
  • बिहिबार, जेष्ठ ११ २०७४

  • ११ जेठ,जनकपुरधाम,

    संघीय समाजवादी फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश समता पार्टीका अध्यक्ष बेचन मुखियाले पार्टी एकता भएको घोषणा गरेका छन् । धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेश समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश गरेका छन् । 

    मधेश समता पार्टीका तत्कालीन अध्यक्ष एवं सांसद् मेघराज निषाद केपी ओली नेतृत्वको एमाले सरकारमा सहभागी भएपछि पार्टीको बहुमत पदाधिकारीले साधारण सदस्य समेत नरहने गरी निषादलाई निष्काशन गरेको थियो ।

    स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीसँग मधेशमा उपेन्द्र यादवको बढ्दो प्रभाव र मधेशको मुद्दासँग सहमत भएर बेचन मुखिया अध्यक्ष रहेको मधेश समता पार्टी फोरम नेपालमा प्रवेश गरेको हो । सो पार्टीका उपाध्यक्षद्धय कृष्ण प्रसाद सहनी र जितेन्द्र सहनी लगायत सिंगो पदाधिकारीलाई उपेन्द्र यादवले स्वागत गरेका छन् ।

    धनुषाको बहुचौरा, कजरा रमौल, पुरनदाहा, धनुषाधाम, चोरा कोयलपुर लगायत विभिन्न ९ वटा गाउँका हजारौं कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।

    यसैगरी, नेपाली कांग्रेस धनुषाका प्रभावशाली जिल्ला नेता तेज नारायण यादवको नेतृत्वमा सयौंको संख्यामा नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेसका जिल्ला नेता निर्गुन यादव, जिल्लाका दख्खल राख्ने एमालेका नेताहरु प्रेम कुमार कापर, विजय कुमार यादव, तपेश्वर सहनी र हृदयेश महरा पनि फोरम नेपालका प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला नेता हरिदेव यादव र शत्रुधन यादवले पनि माओवादी परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology