जुम्लाः डोल्पाको जागदुल्ला र मुड्केचुला गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

जागदुल्ला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया र उपप्रमुखमा माओवादीकै अमृता लामा विजयी हुनु भएको छ। प्रमुखमा विजयी रोकायाले ५५६ मत प्राप्त गर्नु भएको छ भने उपप्रमुखमा विजयी लामाले ५१९ मत प्राप्त गर्नु भयो।
मुड्केचुला गाँउपालिकामा शाही
यस्तै, मुड्केचुला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकै दत्तबहादुर शाही र उपप्रमुखमा सविता बुढा विजयी हुनु भएको छ। शाहीले ९३३ र बुढाले ९५९ मत प्राप्त गर्नु भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology