
चिसाङ शेर्पा बैसाख ११
काठमाडौ ।
खोटाङ उद्योग बाणिज्य संघले अग्नीपिडित उद्यमीलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैसाख ५ गते भएको आगलागीमा देबिथान कपास उद्योग गुमाएका रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका सानादेबी खड्कालाई बाणिज्य संघले आईतबार ८५ हजार सहयोग गरेको हो । आगलागीबाट भर्खरै स्थापना गरिएको कपास उद्योग जलेर नष्ट भएपछि बिचल्नीमा परेका खड्का परिवारको सघाउमा राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । संघको कार्यालयमा औपचारिक कार्यक्रम गरेर अग्नी पिडित खड्कालाई अध्यक्ष लयालुले चेक हस्तान्तरण गर्नुभएको थियोे । बाणिज्य संघको सदस्यकारुपमा खड्का परिवारलाई सहयोग प्रदान गरिएको हो । विपदमा परेका आफ्ना सदस्यलाई सहयोग गर्ने उद्धेश्यले २०७२ साल पुस १४ गते स्थापना गरिएको विपद व्यवस्थापन कोषबाट पिडित परिवारलाई मल्हम स्वरुप सहयोग गरेको संघले जनाएको छ ।
विद्युत सर्ट हुँदा लागेको आगोले उद्योग तथा उद्योगका लागि आवश्यक उपकरण, कपास, दैनिक उपभोग्य सामग्री, दुई थान ग्याँस सिलिन्डर, चार थान मोबाईल लगायतका सामान जल्दा खड्का परिवारको १७ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । पुरानो कपास प्रशोधन गरी सिरक, डस्ना, चकटी, सिरानी बनाउनुका साथै कालो कपास बिक्री गर्नेगरी गत चैत्र ११ गते मात्र उदघाटन गरिएको हो । आम्दानी लिन नपाउँदै उद्योग जलेको अग्नी पिडित परिवारले बताएका छन् । संघले यसअघि पनि आफ्ना साधारण सदस्य रहेका अग्नी पिडित परिवारलाई आर्थिक सहयोग गरेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology