• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एलडेन्सीका इटालियन प्रशिक्षक फिलिप्पो डी पिएर्रो म्याचफिक्सिङ गरेको आरोपमा पक्राउ

एलडेन्सीका इटालियन प्रशिक्षक फिलिप्पो डी पिएर्रो म्याचफिक्सिङ गरेको आरोपमा पक्राउ


समायोजन खबर
  • बुधबार, चैत्र २३ २०७३

  • सांकेतिक तस्विर

     

    २३ चैत । स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिमसंग १२–० ले हारेको क्लबका प्रशिक्षकलाई स्पेनिस प्रहरीले पक्राउ गरेको छ ।
    गएराति भएको खेलमा स्पेनको तेस्रो डिभिजनको क्लब एलडेन्सी बार्सिलोना ‘बी’ संग १२–० ले हारेको हो । त्यसपछि स्पेनिस प्रहरीले एलडेन्सीका इटालियन प्रशिक्षक फिलिप्पो डी पिएर्रोलाई म्याचफिक्सिङ गरेको आरोपमा पक्राउ गरेको हो । बार्सिलोना ‘बी’ कुनै किसिमको गल्ति गरेको केही संकेत देखिएको छैन । डि पिएर्रो गएको जनवरीमा क्लब आएका हुन् । १२–० को हारपछि एलडेन्सी रेलिगेशनमा पर्ने पक्का भएको छ । त्यसपछि क्लबले यो सिजनका बाकी खेल नखेल्ने बताएको थियो । तर पछि फेरि लिगका बाँकी खेल खेल्ने निर्णय गरेको थियो । एलडेन्सीका डिफेन्डर इम्यानुएल मेन्डीले स्पेनिस रेडियोसँगको अन्तर्वाताको क्रममा क्लबका सहायक प्रशिक्षक फ्रान रुइजले आफूसँग म्याच फिक्सिङको योजना बारे कुरा गरेको बताएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology