• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बोक्सी धपाउने भन्दै आगो खेलाउँदा झाँक्रीकै अनुहार जल्यो

बोक्सी धपाउने भन्दै आगो खेलाउँदा झाँक्रीकै अनुहार जल्यो


समायोजन खबर
  • मंगलबार, चैत्र २२ २०७३

  •  
     सोलुखुम्बु, २२ चैत । बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर उनी गम्भीर घाइते भएका छन् ।
    सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिनुभयो । अनुहार पूरै जलेका नेपालीको स्वास्थ्यमा सुधार भइरहेको पनि प्रमुख केसीले बताउनुभयो ।ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेका छन् भने झाँक्री पनि समस्यामा पर्ने गरेका छन् ।

    केही वर्षअघि पनि जिल्लाको जुवु गाविसमा एक बिरामीलाई उपचार गर्ने क्रममा धामीलाई बिरामीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology