• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत


समायोजन खबर
  • बुधबार, चैत्र १६ २०७३

  • चैत्र १६, २०७३नेपालले एसिया कप छनोटमा मंगलबार खराब सुरुआत गरेको नेपाल छनोट अन्तर्गत समूह एफ को पहिलो खेलमा फिलिपिन्सको हातबाट ले पराजित रह्यो मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा बेहोरेको यो हारसँगै नेपाल फिलिपिन्ससँग लगातार चौथो खेलमा पराजित भएको यससँगै नेपालको छनोट यात्रा पनि कठिन हुने संकेत दिएको  
    नेपाल सुरुदेखि १० खेलाडीमा सीमित भएर खेल्न बाध्य भएको थियो यसले टिममाथि ठूलो दबाब सिर्जना भयो विक्रम लामाले १२ औं मिनेटमा पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपाल १० खेलाडीमा समेटिएको हो तर त्यस क्रममा फिलिपिन्सले प्राप्त गरेको पेनाल्टीलाई भने नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाए  
    तर घरेलु टिम फिलिपिन्स २१ औं मिनेटमा प्राप्त पेनाल्टीबाट भने अग्रता लिन सफल भयो त्यसमा कप्तान जेम्स योङहजब्यान्डले गोल गरे फिलिपिन्सले लगत्तै दोस्रो गोल गर्यो यो पनि योङहजब्यान्डकै नाममा रह्यो लियान्ड रामजेले २८ औं मिनेटमा तेस्रो गोल गरेपछि खेल पूर्णत: फिलिपिन्सको पक्षमा गएको थियो  
    इन्ज्युरी समयको दोस्रो मिनेटमा विशाल राईले नेपालका लागि गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे तर ७२ औं मिनेटमा फिलिपिन्सको तर्फबाट जाभिएर पाटिनोले चौथो गोल गरे विराज महर्जनले फिलिपिन्सविरुद्ध सुरुदेखि खेल्न पाएनन् उनको स्थानमा भरत खवासले पहिलोपल्ट नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए नेपालीका लागि जापानी प्रशिक्षक ग्योटोकु कोजीले सुरुदेखि सम्हालिएर खेल्न नसक्दा हार बेहोरको बताए उनले भने, हामी खेलमा सम्हालिनै पाएनौ सुरुदेखि नै एकपछि अर्को नराम्रो हुँदै गयो हामीले यस्तो नतिजा अपेक्षा गरेको थिएनौ तर सुरुआतदेखि अप्ठेरोमा परेको आफ्नो टोलीले जति गर्न सक्यो त्यसमा भने आफू खुसी रहेको उनले सुनाए  
    फिलिपिन्सका प्रशिक्षक थोमस डोलीले आफ्ना खेलाडीले योजनाअनुसार खेलेको बताए
    पहिलो हाफको अन्तिममा खान नहुने गोल खाएको बताउने उनले टिमका लागि यो अंक निकै महत्त्वपूर्ण रहने सुनाए

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology