• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लमजुङे युवा गायक छबि लामाले ल्याए ‘आस्याङकी छोरी’

लमजुङे युवा गायक छबि लामाले ल्याए ‘आस्याङकी छोरी’


समायोजन खबर
  • सोमबार, फाल्गुन ३० २०७३

  • समायेाजनखबर डटकम, ३० फागुन । पढाईको सिलसिलामा जापान पुगेका एक लमजुङे युवाले आस्याङको छोरी नामको म्युजिक भिडियोको निर्माण गरेका छन् । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै पहिलोपटक एल्वमको निर्माण गरेका हुन् ।

    पूर्बी लमजुङको इलमपोखरीस्थित फुलुङगिरी स्थायी घर भएका गायक छविले तामाङ समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक एल्वमको निर्माण गरेको बताएका छन् । ‘अस्याङकी छोरी’ एल्बम सार्वजनिक भएसँगै गायक छवि सेलो संगीत जगतमा स्थापित भएका छन् ।

    एल्बममा ‘आस्याङकी छोरी’, ‘चैत बैशाख’ ‘पाल्मो र डोल्मो’, ‘मोही त पार्ने ठेकीमा’, ‘धेरै माया’, ‘लिपेको डाडाँ’  जस्ता शिर्षकका ६ वटा गीतहरु समावेश गरिएको उनि बताउँछन् ।

    म्युजिक भिडियोमा अनु र सोनाम पाख्रिनको अभिनय रहेको छ भने पासाङ योञ्जन लामाको निर्देशन र ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् ।

    गायक छबिकैै शब्द संगीतमा रहेको गीतहरुमा सरलता, यर्थात विषयबस्तुमा रहेकाले दर्शकहरुको मन जित्ने पक्का रहेको उनि बताउँछन् ।

    केही समय यता उक्त म्युजिक भिडियो युट्युबमा पनि आएको छ ।

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology