काठमाडौंः आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग पाँच विकेट पराजित भएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो। पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४.१ अोभरमा पाँच विकेट गुमाउँदै भेट्टायो।
केन्याका कप्तान रकिप पटेल ३४ र गुरदिप १२ रनमा अविजित रहे भने कोलिन्स ओबोयाले २४ रन बनाए ।केन्याका लागि इर्फान करिमले ८ र धिरेन गोन्दारियाले ७ रन जोडे ।
वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल डिएल मेथडका आधारमा फेरि २९ ओभरमा छोट्याइएको थियो। तर, केन्या जवाफी व्याटिङमा उत्रिएका बेला पानी परेपछि खेल २६ ओभरमा छोट्याइएको थियो। नेपालले ३६ ओभर ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको थियो। त्यसपछि केन्याले २९ ओभरमा १०४ रनको विजयी लक्ष्य पाएको थियो।तर, पछि फेरि पानी परेपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन तथा केन्याविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अविजित रहे। गौचन र कामीले ३० रनको साभेदारी गरे।
ओपनर सुनिल धमला ३ रनमा पभिलियन फर्किँदा सागर पुन १० रनमा आउट भए। यसैगरी बसन्त रेग्भीले ६, विनोद भण्डारीले ४, शरद भेष्वाकरले ३ र मेहबुब आलमले २ रन जोडेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology