• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियाको अग्रता

अस्ट्रेलियाको अग्रता


समायोजन खबर
  • मंगलबार, फाल्गुन २४ २०७३

  • फाल्गुन २४, २०७३- शन मार्स र म्याट रेनसवको संघर्षमय अर्धशतकमा अस्ट्रेलियाले आइतबार विश्व नम्बर एक भारतविरुद्धको दोस्रो टेस्टमा पहिलो इनिङ्सका आधारमा महत्त्वपूर्ण अग्रता लिएको छ । भ्रमणकारी अस्ट्रेलियाले एम चिन्नास्वामी रंगशालामा दोस्रो दिनको खेल समाप्तिमा २३७–६ को स्कोर बनाई ४८ रनको अग्रता लिएको छ ।

    बिनाक्षति ४४ रनबाट दिनको खेल प्रारम्भ गरेको अस्ट्रेलियाबाट म्याथ्यु बेड २५ र मिचेल स्टार्क १४ रन बनाएर क्रिजमा छन् । मार्सले अस्ट्रेलियाबाट सर्वाधिक रन बनाउने क्रममा १ सय ९७ बलमा ६६ रन जोडे । दिनको खेल समाप्त हुने क्रममा भारतीय सिमर उमेश यादवको बलमा मार्सले थकित शट खेलेर शट मिडविकेटमा क्याच दिन पुगे ।

    देब्रेहाते स्पिनर रवीन्द्र जडेजाले ३ विकेट लिए । धेरै उछाल लिइरहेको पिचमा उनले अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई ८ र रेनसवलाई ६० रनमा आउट गरी भारतलाई महत्त्वपूर्ण सफलता दिलाए । भारतले पहिलो इनिङ्समा १ सय ८९ रनमात्र बनाएको थियो ।

    तीव्र बलरद्वय इशान्त शर्मा र यादवले १–१ विकेट लिए पनि अस्ट्रेलियाका ब्याट्सम्यानले महत्त्वपूर्ण साझेदारी गरी भारतको स्कोरलाई उछिन्न सहयोग गरेका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology