बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छोड्ने घोषणा गरेका छन् । केही समय फुटबलबाट विश्राम लिन यसै सिजनको अन्त्यमा बार्सिलोना छोड्ने उनले बताएका हुन् ।
ला लिगाको बिहीबार बिहान सकिएको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ गोलले पराजित गरेपछि उनले विश्राम लिने घोषणा गरेका हुन् । उनले विश्रामका लागि भन्दै क्लब छोड्ने बताए । ४६ वर्षीय एनरिकको बार्सिलोनामा यो तेस्रो सिजन हो ।
स्पेनका पूर्व मिडफिल्डर एनरिकले सन् १९९६ देखि २००४ सम्म बार्सिलोनाबाट खेलेका थिए ।
सन् २००८ देखि २०११ सम्म उनी बार्सिलोनाको ‘बी’ टोलीमा प्रशिक्षकको भूमिकामा थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
सम्पर्क
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]