• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साहसिक धाविका मिरा राईलाई सरकारले सम्मान गर्ने

साहसिक धाविका मिरा राईलाई सरकारले सम्मान गर्ने


समायोजन खबर
  • बुधबार, फाल्गुन १८ २०७३

  • काठमाडौं :- साहसिक धाविका मिरा राईलाई सरकारले ३० लाख रुपैया सहित सम्मान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा राई सम्मानित हुन लागेकी हुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मन्त्रालयले सम्मान गर्न लागेको हो ।

    राई गत वर्ष फ्रान्समा सम्पन्न ८० किमी विश्व म्याराथनमा १७ वर्षअघिदेखिका विश्वविजेतालाई पछि पार्दै च्याम्पियन बनेकी थिइन् । राईलाई प्रशिक्षण दिने प्रशिक्षक धुवविक्रम मल्ललाई पनि तीन लाख रुपैयाँसहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।

    राई टेलिभिजन नेसनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । राई यतिबेला सोही पुरस्कार ग्रहणका लागि संयुक्त राज्य अमेरिकामा छिन् । भोजपुरकी राई किशोर उमेरमा सशस्त्र युद्धमा सामेल भएकी थिइन् । माओवादी सेनाकै ‘पिएलए स्पोर्टस क्लब’ देखि खेल जीवन सुरु गरेकी राईलाई अयोग्य लडाकु घोषणा गरिएको थियो ।

    आर्थिक कारणले गर्दा मलेसिया जान राहदानीसमेत तयार पारेकी राईलाई बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष तथा प्रमुख प्रशिक्षक मल्लले आफ्नै खर्चमा खेल जीवनमा फर्काएका थिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology